स्विजरल्याण्डमा ‘आत्महत्या मेसिन’लाई कानुनी मान्यता

२२ मंसिर, एजेन्सी।

Advertisement

स्विजरल्याण्डमा ‘आत्महत्या मेसिन’लाई कानुनी मान्यता दिइएको छ। इच्छामृत्यु भएका व्यक्तिलाई पीडारहित तरिकाले एक मिनेटमै मार्ने मेसिनलाई  त्यहाँकाे सरकारले हालै कानुनी मान्यता दिएको हो।

कोफिन आकारको साक्रो नामक सो मेसिनलाई निर्माताहरुले आत्महत्या अर्थात् सुसाइड मेसिन नाम दिएका छन्। हाइपोक्सिया र हाइपोकाप्नियाबाट पीडित इच्छामृत्यु भएका व्यक्तिलाई एक मिनेटमै शान्तिपूर्वक एवं पीडारहित तरिकाले मर्न सो मेसिनले सघाउने जनाइएकाे छ। मेसिनभित्र बस्नेवित्तिकै शरीरमा अक्सिजनको मात्रा कम गराइ आँखा चिम्लेको एक मिनेटमै मृत्यु हुने निर्माताहरुको दाबी छ।

Advertisement

स्विजरल्याण्डमा इच्छामृत्युले कानुनी मान्यता पाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गत वर्षमात्र सो मेसिनमार्फत करिब १३ सय मानिसले इच्छामृत्युको सेवा लिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top