×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

गगन थापाको एजेन्डा – समुन्नत नेपालः सम्मानित नेपाली [पूर्णपाठ]

२३ मंसिर २०७८

२३ मंसिर, काठमाडाैँ ।
नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आफ्नो पार्टीको आगामी कार्यदिशा ‘समुन्नत नेपालः सम्मानित नेपाली’ हुने बताएका छन् । नेता थापाले सो कार्यदिशालाई अघि बढाएर जनताले आगामी निर्वाचनमा कांग्रेसलाई रोज्न र छान्न सक्ने बनाउन आफूले १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको पनि स्पष्ट पारे ।

कांग्रेसलाई चुनाव आफैँ जित्ने बनाउने
बिहीबार काठमाडौंमा एक कार्यक्रममा बीच आफ्ना अवधारणा–पत्र सार्वजनिक गर्दै उनले चुनाव आफैं जित्ने जनताको रोजाईको कांग्रेस बनाउने योजनाका साथ आफू अघि बढेको पनि बताए । नेता थापाले भने, ‘अव चुनाव जितिन्छ, जितिन्छ भनेर भाषण गर्नै पर्दैन । चुनाव आफैं जितिन्छ । आफैं आउँछन मतदाता । लाईन लागेर आउँछन । काँग्रेसलाई छान्न आउछन, रोज्न आउँछन । काँग्रेस त्यो छान्न मन लाग्ने, रोज्न मन लाग्ने, काँग्रेससँग जोडिन मन लाग्ने काँग्रेस बनाउने हो । त्यो काँग्रेस बनाउने कुरा हाम्रो मिसनले बनाउँछ । हाम्रो कार्यक्रमले बनाउँछ । यो सँगसँगै महामन्त्रीको अर्को काम भनेको पार्टीको व्यवस्थापन पनि हो ।’

Advertisement
Advertisement

कांग्रेसलाई देख्न, सुन्न र बुझ्न सक्ने पार्टी बनाउने गगनको लक्ष्य
नेता थापाले आफू महामन्त्री भए कांग्रेसलाई देख्न, सुन्न र बुझ्न सक्ने पार्टीको रुपमा स्थापित गराउने बताउनु भयो । उनले महामन्त्रीको रुपमा आफूले कांग्रेसलाई प्रश्न होईन, उत्तर दिने, समस्या होईन, समाधान दिन सक्ने पार्टी बनाउने संकल्प लिएको बताए । त्यसका लागि आफूले अघि सारेको अवधारणाले काम गर्ने पनि नेता थापाले बताए ।

गगन थापाले गरे गिरिजाप्रसादको जुत्ताको सम्झना
उनले भने, ‘मैले महामन्त्रीको रुपमा २०७८ सालदेखि ८२ साल मैले तपाईहरुको मायाले महामन्त्री हुने अवसर पाएभने मेरो गन्ती त्यहीबाट सुरु हुन्छ । ठिक ४ वर्षपछि अहिलेको जस्तो साँढे चार÷पाँच, साँढे पाँच, तन्काउ निर्वाचन आयोग भनेर होइन । ठिक चार वर्षपछि अधिवेशन हुन्छ । प्रत्येक काँग्रेसको सदस्य एउटा आन्दोलनसँग त्यो जोडिन्छ । एउटा मिसनसँग जोडिन्छ । के को लागि काँग्रेस ? किन काँग्रेस, त्यसको प्रष्ट उत्तर हुन्छ । कांग्रेससँग प्रश्न होईन, काँग्रेससँग उत्तर हुन्छ । काँग्रेससँग समस्या होइन, काँग्रेससँग समाधान हुन्छ । त्यो काँग्रेस बनाउने हो । र कुनै पनि सरकारले गर्न नसकेको डेलिभरी सुशासन, त्यो काँग्रेसले गर्छ । किनकी प्रष्ट हुन्छ मेरो लक्ष्य समुन्नत नेपाल हो भनेर । ऊ प्रस्ट हुन्छ कि ऊसँग पहिले कार्यक्रम तयार भएको हुन्छ । किनकी उ प्रस्ट हुन्छ किनकी त्यो कार्यक्रम बोकेर बस्ने साथी व्यक्तिको लागि होइन, मेरो लागि होइन अरुको लागि म होईन हामीका लागि भनेर त्यहाँ गएको हुन्छ । इमान्दार भएर काम गर्छ । चार वर्ष उसले सरकार चलाउँछ । ८२ सालसम्मको हाम्रो अवधि सकिन्छ । तपाईले मलाई यो परीक्षामा उर्तीण गराउनु भयो भने म त्यो भन्दा अरु कक्षामा पढन योग्य हुन्छ कि हुन्न भन्ने परीक्षा उर्तीण भए योग्य भईन्छ । परीक्षा उर्तीण नभए योग्य भईन्न । जीवनको सबैभन्दा महत्वपूर्ण राजनीतिक परीक्षा त्यहीँबाट सुरु हुन्छ । त्यसैले म एउटा गौरवशाली पार्टी भित्र एउटा ठूलो जिम्मेवारी लिनका निम्ति तपाईहरुको बीचमा उभिएको छु । गिरिजाप्रसादले लगाएको जुत्तामा खुट्टा हाल्न कुनै बेला सुशील कोइरालाले लगाउनु भयो । त्योभन्दा पनि कुनै बेला गणेशमानले लगाउनु भएको जुत्ता खुट्टा हालेर महामन्त्रीको रुपमा काँग्रेसको कार्यालयमा छिर्छु भन्ने कुरा त्यो सानो चुनौतिको कुरा होईन । तर त्यो आँट तपाईहरुले दिनु भएको आँट हो । यो भन्दा अघिल्लो पटक पनि महामन्त्रीको रुपमा प्रत्यासी थिए । साथीहरुले भन्नु भयो–कुर पाँच वर्ष । चार वर्ष कुर । अझै सिक । अझै संगत गर । अझै पार्टीमा भिज । अराएको काम गरे । आज चार पाँच वर्ष पछाडि तपाईहरुको बीचमा महामन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत छु । मेरो सभापति को हुनुहुन्छ ? अहिलेसम्म मलाई पनि थाहा छैन । तर यति कुरा भन्छु –म आफ्नो लागि मात्रै मत माग्न पर्सी तपाईहरुको बीचमा उभिन्न । म जसलाई सभापतिको मत हाल्छु । मैले सभापतिको उम्मेदवार उसैलाई मान्दछु । र किन मत हालियो भन्ने प्रश्नको उत्तर पनि लिएर तपाईहरुको बीचमा आउँछु । किनकी एउटा महामन्त्रीले यो राजनीतिक लाईन अगाडि बढाउँछु, सांगठानिक लाईन अगाडि बढाउँछु भनिरहँदा के ख्याल गर्नैपर्छ भने पार्टीको मूल नेतृत्व भनेको फेरी पनि सभापतिनै हो । जनताले नागरिकले कांग्रेस भनेर हेर्ने मुख्य नेतृत्वलाई नै हो । त्यो मुख्य नेतृत्वलाई हेर्दै गर्दाखेरी ठिक देखिएन भने पार्टी सफा देखिएन, पवित्र देखिएन । अघि मैले भनेको जस्तो भरोसा गर्न योग्य देखिएन भने एउटा महामन्त्रीले उफ्रिएर कहिलेकाँही विचसम्म मात्र पुग्न सक्छ । माथिको सिलिङ छुने अवस्था नआउन पनि सक्दछ । त्यसकारणले गर्दा त्यो काम गर्न सक्ने पार्टीलाई देख्न, सुन्न र बुझ्न सक्ने बनाउँछु भन्दै गर्दा पार्टीको मूल नेतृत्व पनि त्योसँग मिल्ने हुनुपर्दछ भन्ने ठानेर तपाईहरुको बीचमा यो कुरा लिएर आउनेनै छु ।’

नेता थापाले चुनौतिपूर्ण रुपमा देखा पर्दै गएको डेमोक्रेसीको संरक्षणको प्रत्याभूति कांग्रेसले दिनुपर्ने बताए ।

थापाको अवधारणापत्र:

Advertisement

 

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top