पुस ४ गतेदेखि बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप दिइने

२३ मंसिर, काठमाडौं ।

Advertisement

१२ देखि १८ वर्षसम्मका १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाका लागि विद्यालयमै मोडर्ना र फाइजर खोप लगाउने निर्णय गरेको हो।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १७ उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप दिइने बताए । त्यसैगरी दोस्रो चरणको खोप माघ २ देखि १२ भित्र सञ्चालन गरिने उनले बताए ।

Advertisement

उनले भने,‘विद्यालयमा खोप केन्द्र तोक्ने जिम्मा स्थानीय तहलाई दिइएको छ। त्यसका लागि केही मापदण्ड रहेर स्थानीय तहले खोप केन्द्र तोक्छन्।’

हिमाली जिल्लाका लागि १०० भन्दा बढी र अन्य बाँकी जिल्लामा २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएकाे प्रमुख दाहालले जानकारी दिए।

Advertisement

उनका अनुसार यसअघि फाइजर खोप सञ्चालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लामा मोडर्ना खोप अभियान सञ्चालन हुनेछ। उनले यी जिल्लाहरुमा फाइजर खोप आएपछि खोप लगाइने बताए।

यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समुहका २४ विशेषज्ञ अस्पतालहरुबाट दीर्घरोगीलाई फाइजर खोप दिइसकेको छ। सोही समयमा कतिपय स्वस्थ किशोरकिशोरीलाई पनि फाइजर खोप दिइएको परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालले बताए।

नेपालमा गत शुक्रबार र आज गरी ३६ हजार ५१ हजार ६०० डोज मोडर्ना खोप आइसकेको छ। आगामी आइतबार १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आउने बताइएकाे छ ।

स्वास्थ्य मन्त्रालयले यसअघि २८ जिल्लाका १६ हजार खोप केन्द्रबाट नियमित कोरोना खोप अभियान भइरहेको पनि जनाएको छ। सरकारले तीन महिना पूरा भएका गर्भवतिहरुलाई पनि कोरोनाविरुद्धको खोप लगाउन अनुरोध गरेकाे छ।

नेपालमा खाेप अभाव नभएकाे भन्दै सरकारले सबैलाई नजिकैकाे खाेप केन्द्रमा गएर खाेप लगाउन पनि अनुराेध गरेकाे छ। बिहीबारसम्म नेपालमा कूल जनसंख्याको ३५‌.७ प्रतिशतले पहिलाे र २९‍‍.८ प्रतिशतले पूर्ण मात्रा खाेप लगाएकाे स्वास्थ्य मन्त्रालयकाे तथ्यांक छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top