×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

राजन श्रेष्ठ हत्या घटनाको सत्य तथ्य छानबिन गर्न युवा सङ्घको माग

२४ मंसिर २०७८

२४ मंसिर, भक्तपुर ।

भक्तपुरको सुर्यविनायक नगरपालिका–२ बालकोट निवासी ३३ वर्षीय राजन (राजु) श्रेष्ठको हत्या घट्नालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गर्न युवा सङ्घ नेपालले माग गरेको छ ।

Advertisement
Advertisement

युवा सङ्घ नेपाल भक्तपुर जिल्लाले बिहीबार नयाँथिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले हत्याको अनुसन्धानलाई प्रहरीले औपचारिकता मात्रै दिन खोजे देशभरका युवाले आन्दोलन चर्काउने बताए ।

पक्राउ परेको दुई जनालाई मात्रै देखाएर अब ड्युटी सकियो भन्ने नठान्न प्रहरीलाई आग्रह गर्दै उनले घटनामा अरूको समेत संलग्नता रहेको आशङ्का भएकाले त्यसको तथ्य रुपमा छानबिन गरी बाहिर ल्याउनुपर्ने अध्यक्ष पौडेलले बताए ।

कार्यक्रममा युवा सङ्घ भक्तपुर जिल्ला कमिटीका अध्यक्ष पुष्पराज बस्नेतले आपराधिक ढङ्गबाट आफ्नो कार्यकर्ता हत्या भएको भन्दै घटनाको घोर निन्दा र भर्त्सना गरेको बताए।

मृतकका आफन्त स्थानीय भाइकृष्ण श्रेष्ठले घट्नामा दुई जना भन्दा बढीको संलग्नता रहेको नग आशङ्का भएकाले प्रहरीले अनुसन्धानलाई अन्तिम चरणसम्म पुर्‍याउनुपर्ने बताए ।

पत्रकार सम्मेलन पछि युवा सङ्घले हत्यारालाई कारबाहीको माग गर्दै मध्यपुरथिमि अरनिको राजमार्ग शंखधर चोकमा प्रदर्शन गरेर चक्का जाम समेत गरेको छ ।

युवा संघका जिल्ला कमिटी सदस्य समेत रहेका श्रेष्ठको मङ्सिर २१ गते राती आफ्नै साथी सुर्यविनायक नगरपालिका–२ बालकोट निवासी २८ वर्षीय हेमन्त श्रेष्ठ (मुख्य योजनाकार) र मोरङ लेटाङ घर भई बालकोट बस्ने मजदुर ३० वर्षीय प्रेम विश्वकर्माले कुटपिट गरी बीभत्स रुपमा हत्या गरेको अभियोगमा दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीले बिहीबार साँझ हेमन्त र विश्वकर्माको तस्बिर समेत सार्वजनिक गरेको छ ।पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी वृत्त थिमिमा राखी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए।

Advertisement

मृतकका आफन्तले आज पनि महानगरीय प्रहरी वृत्त थिमि पुगेर घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।घटनामा पक्राउ परेका दुई जना आरोपी बाहेक अन्य पनि संलग्न हुनसक्ने आशङ्का व्यक्त गर्दै उनीहरूले अनुसन्धानको दायरा फराकिलो बनाउन माग गरेका छन् ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top