Nepal Times
Nepal Times
3
Shares

कट्रिना र विक्कीले गरे बिहे

कट्रिना र विक्कीले गरे बिहे

२४ मंसिर, एजेन्सी ।

अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । बिहीवार सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवाडामा उनीहरुको विवाह भएको हो ।

दुवैले बिहेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । सार्वजनिक भएको बिहेको तस्विरमा कट्रिना रातो रंगको लेहंगामा देखिएकी छन् भने विक्कीले सेतो रंगको शेरवानी लगाएका छन् ।

विक्की र कट्रिनाले बिहेको तस्विरसँगै क्याप्सनमा लेखेका छन्, ‘हाम्रो दिलमा प्रेम र कृतज्ञता छ, जसले हामीलाई यो पलसम्म ल्याएको हो । तपाईंहरु सबैको प्रेम र आशीर्वादको कामना गर्दै हामी एकसाथ यो नयाँ यात्राको सुरुवात गर्दैछौं ।’

उनीहरुको विवाहमा दुवै पक्षका परिवारका सदस्यसँगै अर्जुन कपूर, कनिका कपूर, करन जौहर, फराह खान लगायत उपस्थित भएका थिए ।

बुधवार बिहान विक्की र कट्रिनाको मेहन्दी सेरोमनी भएको थियो भने साँझ संगीत कार्यक्रम राखिएको थियो । संगीत सेरोमनीमा दुवैले पञ्जाबी र राजस्थानी गीतमा नृत्य गरेका थिए ।

 कट्रिनालाई लिनका लागि विक्की विन्टेज कारमा पुगेका थिए । विवाह समारोहलाई ५/७ किसिमका फूलले सजाइएको थियो । केही दिनमै उनीहरुले रिसेप्सन पार्टीको आयोजना गर्ने जनाइएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.