×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026

प्रचण्डको बोलीपछि सेयरमा पहिरो, बचाउन सरकारसँग गुहार

२७ मंसिर २०७८

२७ मंसिर, विराटनगर ।
अर्थ मन्त्रालय सहित महत्वपूर्ण मन्त्रालय लिदै सरकारको प्रमुख घटक बनेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सेयर बजारको बारेमा दिएको प्रतिकुल धारणापछि सेयर बजार तीव्र लयमा तल झर्न थालेको छ ।

आइतबार उनकै अभिब्यक्तिकै बीच ओरालो लागेको बजार साताको दोस्रो दिनपनि उच्च अंकले ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचकमा ७९ अंकले घटेको छ । नेप्से परिसूचक ७९ दशमलव २३ अंकले घटेर २ हजार २ सय ८२ अंकमा झरेको छ ।

Advertisement
Advertisement

आइतबार २३ सयको लाइनमा झरेको नेप्से परिसूचक एकैदिनमा २२ सयको लाइनमा झरेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४७ अंकले घटेको छ । नेप्से र सेन्सेटिभ दुवै घट्दा कारोबार रकम करिब ४ अर्ब पुगेको छ ।

कारोबार रकम भने आइतबारको भन्दा धेरै हो । दिनभर भएका ६२ हजार ८ सय ९ कारोबारबाट २३३ कम्पनीका ९६ लाख ७९ हजार ७२ वटा कारोबार भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १ सय ७८ रुपैयाँ भएको छ ।

पार्टीको सबै प्रदेशको प्रदेश सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले दिएको अभिब्यक्तिले बजारमा प्रत्यक्ष प्रभाव देखिएको छ । प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राराज्यवादको विकसित रुप भएको टिप्पणी गरेका थिए ।

उनले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु सामराज्यवादको विकसित रुप भएको टिप्पणी गरेका हुन् । प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाएका छन् ।

उनको यो अभिब्यक्तिपछि माओवादी र प्रचण्डप्रति सेयर लगानीकर्ता खनिएका छन् । पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्रीले फेसबुक र ट्विटरमा आफ्नो धारणा पोस्ट गर्दै माओवादीको अनुशरण गर्ने देश चीनमा संसारकै तेस्रो ठूलो स्टक एक्सचेन्ज ‘संघाई स्टक एक्सचेन्ज छ ।

थुप्रै चिनियाँ कम्पनीहरु अमेरिकाका स्टक एक्सचेन्जहरुमा लिस्टेड छन् । के चीन पनि साम्राज्यवादको विकसित रुप हो ? नेताज्यूले प्रष्ट गर्नुपर्यो । अब बरबराउन छोडेर बिउझनुस’–उनले लेखेका छन् । यस्तै नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिजापतिले फेसबुकमा एक स्ट्याटस लेख्दै प्रचण्डको क्रान्ति अभियानले लगानीकर्ताहरु सर्वहारावर्गमा रुपान्तरण हुँदै भन्ने पोस्ट गरेका छन् ।

त्यस्तै हाँस्य कलाकार दीपकराज गिरीले पनि फेसबुकमार्फत प्रचण्डप्रति व्यङग्य गरेका छन् । ‘बुर्जुवा शिक्षा सामन्तीहरुको शिक्षा भनेपछि धेरै मानिस अनपढ नै रहे र अहिले पछुताइरहेका छन् । उहाँकै कतिपय कार्यकर्ता अहिले बुढेसकालमा स्कुल गएर त्यही छुटेको पुरानो शिक्षा पढिरहेका छन् ।’–उनले फेसबुक स्ट्याटसमा लेखेका छन् ।

कलकारखाना खोल्न लगाउनु पर्ने पुँजी शेयर बजारमा लगायो भन्ने प्रचण्डको भनाईलाई व्यंग्य गर्दै दीपकराज गिरीले लेखेका छन् – ‘तपाईले भने जस्तै कलकारखाना पनि नखोल्या हो र कमरेड तर अनावश्यक रुपमा तपाईहरुले नै युनियन गठन गरेर हड्ताल गराई गराई साहुजीहरुकै बा¥ह बजाएर उठिवास नै लगाइयो नि होइन र ?’ यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका सहायक रमेश मल्लले ट्वीटरमा एक ट्वीट गर्दै प्रचण्डको बचाउ गरेका छन् ।

उनले लेखेका छन् –‘प्रचण्डले पुँजी बजारको बारेमा राखेको सैद्धान्तिक विषय एकदमै सही छ । यद्यपि अहिलेको नेपाली शेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न पार्टीले सचेत पहल र प्रयत्न गर्ने विषयलाई हामी स्पष्ट गर्न चाहन्छौं ।’

प्रचण्डको अभिब्यक्तिपछि अबको चुनावमा माओवादीलाई नो भोट अभियान नै चलाईएको छ । बजार घट्नुको कारण माओवादी अनि त्यसभित्रपनि प्रचण्ड र अर्थमन्त्री जर्नादन शर्मामाथि लागेपछि अर्थमन्त्री शर्माले अर्थमन्त्री र अर्थ मन्त्रालयले सेयरबजार घाटाइदिने÷बढाइदिने भन्ने कुरा नहुने बताएका छन्।

शर्माले केहि यस्तो अफवाह फैलाउन लागिपरेको बताउँदै त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गरेका छन् । मन्त्री शर्माले पूँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको समेत बताएका छन् ।

यता पूँजी बजार सुदृढीकरण बृहत कार्यदलले उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग जोडदार माग गरेको छ। लगानीकर्ताका सबै संघसंस्थाहरु सम्मिलित यस संयुक्त कार्यदलले पूँजी बजारमा गंभीर संकट उत्पन्न भएकोले समाधानको लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको हो ।

Advertisement

यस संकटलाई तत्काल सम्बोधन गर्न ब्रोकरमार्फत मार्जिन ट्रेडिग कारोबार पूर्ण रुपमा कार्यान्वयन नभएसम्म राष्ट्र बैंकले लगाएको सेयर धितो कर्जाको सिमा तत्काल हटाउने, धितोपत्र बोर्ड र नेप्सेका प्रमुख तत्काल नियुक्त गर्ने र ५८ बँदेका बाँकी कामहरु तत्काल गर्नको लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top