Nepal Times
Nepal Times
3
Shares

लोक सेवा आयोगः २८४ जना अधिकृतका लागि विज्ञापन खुल्यो

लोक सेवा आयोगः २८४ जना अधिकृतका लागि विज्ञापन खुल्यो

२९ मंसिर, विराटनगर ।
लोक सेवा आयोगले २८४ जना शाखा अधिकृतका लागि विज्ञापन खुलाएको छ ।

कर्मचारी समायोजनको विवाद अदालतबाट निरुपण हुन नसकेको अवस्थामा आयोगले विज्ञापन खुलाएको हो । लोक सेवा आयोगले बुधबार न्याय सेवाको कानून, न्याय तथा सरकारी वकिलतर्फ ७० गरी कूल २८४ जना अधिकृतको विज्ञापन गरेको हो ।

लोक सेवाले यसअघिका दुई तहको प्रतिस्पर्धा टुंग्याएर सरकारलाई नियुक्तिका लागि सिफारिस गर्न सकेको छैन । त्यतिबेलाको विवाद कायमै रहेका बेला आयोगले फेरि नयाँ भर्ना प्रक्रिया थालेको हो ।

यसअघि परीक्षा नै नभएका र परीक्षा दिएर नाम सिफारिस हुन बाँकी रहेकाहरुको विषयमा मुद्दा परेका कारण प्रक्रिया अघि बढेको छैन । कर्मचारी समायोजनसम्बन्धी ती विवादहरुको एकमुष्ट सुनुवाइका लागि विहीबार पेशी तोकिएको छ ।

बुधबार विज्ञापन खोलिएका पदहरुका लागि आगामी माघ २९ गते प्रारम्भिक परीक्षा छ । तर न्यायसेवामा प्रतिस्पर्धा गर्नेहरुले भने प्रारम्भिक परीक्षा दिनुपर्ने छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.