गुगललाई पछि पार्दै टिकटक पहिलो स्थानमा

१० पुस ७८, शनिबार
Share this
703shares

१० पुस, एजेन्सी ।
गुगललाई पछि पार्दै टिकटक अनलाइनमा सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ।

Advertisement

सूचना प्रविधि सुरक्षा कम्पनी क्लाउडफ्लेयरका अनुसार मानिसहरुले सर्च इन्जिनभन्दा धेरै टिकटक हेर्न थालेका हुन्।

क्लाउडफ्लेयरका अनुसार यस वर्षको फेब्रुअरी, मार्च र जुन महिनामा र गत अगष्टयता गुगललाई पछि पार्दै टिकटक पहिलो स्थानमा छ।

Advertisement

गत वर्ष गुगल पहिलो स्थानमा थियो भने टिकटक, अमेजन, एप्पल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स पनि शीर्ष १० मा अटाएका थिए। क्लाउडफ्लेयरका अनुसार क्लाउडफ्लेयर राडार प्रयोग गरेर विश्वव्यापी वेब सञ्जालको निगरानी गरिएको हो।

कम्पनीका अनुसार टिकटक व्यापक मात्रामा हेरिनुको एउटा कारण कोभिड–१९ को महामारी पनि हो। गत जुलाईसम्ममा टिकटक ३ अर्बभन्दा धेरैपटक डाउनलोड भइसकेको छ।

Advertisement

बाइटडान्सको मातहतमा रहेको सामाजिक सञ्जाल टिकटकका अहिले पनि मासिक एक अर्बभन्दा धेरै सक्रिय प्रयोगकर्ता छन्। यो संख्या निरन्तर बढ्दो क्रममा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top