×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

५७ वर्षमा सलमान, जन्मदिनको अघिल्लो दिन सर्पले टोक्यो

११ पुष २०७८

११ पुस, विराटनगर ।

भारतीय चलचित्र उद्योग बलिउडका मेगास्टार र ’बिग बोस १५’ का होस्ट सलमान खान सोमबार ५७ औं जन्मदिन मनाउदैछन् ।

Advertisement
Advertisement

आफ्नो जन्म दिनको पूर्व सन्ध्यामा भने उनलाई उनको फार्महाउसमा सर्पले टोकेको छ । सर्प गैरविषाक्त रहेकाले उनी सामान्य उपचारपछि घर फर्किसकेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

शनिबार सलमान खान ‘बिग बोस १५’ मा आलिया भट्ट र बहुभाषिक एसएस राजामौलीको फिल्म ‘आरआरआर’का अन्य कास्ट सदस्यहरूसँग प्रि–बर्थडे बोसमा देखिएका थिए ।

यो घटना भने आइतवार बिहान सबेरै रायगड जिल्लाको नवी मुम्बई नजिकै रहेको पनवेलमा रहेको उनको फराकिलो फार्महाउसमा भएको थियो। फार्महाउस हरियो, घना जंगली क्षेत्रमा अवस्थित छ। केही वर्षअघि पनि त्याहा कोब्रा देखिए बताइएपनि कुनै अप्रिय घटना भने भएको छैन ।

बलिउडमा दबङ खानको परिचय बनाएका सलमान खानले १९८९ मा मैने प्यार किया भन्ने चलचित्रबाट बलिउडमा चर्चा कमाएका थिए । यद्यपि उनको पहिलो चलचित्र भने विवी हो तो यसी भन्ने रहेको थियो ।

१९६५ डिसेम्बर २७ मा भारतको मध्य प्रदेश सिथत इन्दोरमा जन्मिएका खानको नाम अबदुल रसिद सलिम सलमान खान हो । खान पटकथा लेखक सलीम खान र उनकी पहिलो पत्नी सुशीला चरकका जेठो छोराका रुपमा जन्मिएका हुन् ।

एक हिन्दू आमा र एक मुस्लिम बुबा भएका खान दुबै धर्ममा उत्तिकै आस्था राख्दछन् । सलमानले मुम्बईको बांद्रामा रहेको सेन्ट स्टानिसलस हाई स्कूलमा स्कूले शिक्षा आफ्ना भाइ अरबाज र सोहेलसगै पूरा गरेका थिए ।

उनी मुम्बईको सेन्ट जेभियर कलेजमा भर्ना भएपनि बीचकै पढाई छाडेका थिए । तीस वर्षभन्दा बढीको उनको चलचित्र क्यारियरमा उनले सयौं चलचित्रमा अभिनय गरिसकेका छन् । खानले असंख्य पुरस्कारहरू प्राप्त गरेका छन् । जसमा दुई राष्ट्रिय फिल्म पुरस्कार एक फिल्म निर्माताका रूपमा र दुई फिल्मफेयर अवार्ड्स अभिनयका लागि उनले प्राप्त गरेका छन् ।

उनी भारतीय सिनेमामा सबैभन्दा व्यावसायिक रूपमा एक सफल कलाकार मानिन्छन् । उनले दर्जनौ हिट चलचित्रहरुका अभिनय गरेका छन् । पछिल्लो समय हरेक वर्ष उनका नयाँ चलचित्रहरु प्रर्दशन हुदै आएका छन् । सलमान खान सामाजिक सेवाका क्षेत्रमा पनि बलिउडमा अग्रणी स्थानमा आउदछन् । उनको कयौलाई आर्थिक सहायता गरिसकेका छन् ।

उनले विइङ ह्युमन नामको संस्था समेत संचालन गर्दै आएका छन् । फोर्ब्सले उनलाई २०१८ मा विश्वका अधिक कमाई गर्ने कलाकारहरुमा ८२ औं स्थानमा राखेको थियो । उनको कमाई ३३ दशमलव ७ मिलियन डलर रहेको थियो ।

उनले २०१० देखि चर्चित रियालिटी कार्यक्रम बिग बोस संचालन गर्दै आएका छन् । उनी कालो हरिणलाई मारेको अभियोगमा जेलसमेत परिसकेका छन् । सलमान अभिनय करियरमा जति चर्चामा रहे । त्यति नै चर्चा उनको विवाद र प्रेम जीवनको समेत भएको पाइन्छ ।

शहीन जाफरी सलमानको पहिलो प्रेम थियो । जसको जानकारी सलमानले एक अन्तरर्वार्ताको क्रममा दिएका थिए । जतिबेला सलमान १६ वर्षका थिए । त्यही समय सलमानको जीवनमा संगीता बिजलानीको आगमन भएको थियो । संगीता बिजलानी मिस इन्डिया विजेता समेत हुन् ।

दुबैको भेट ८० को दशकमा भएको थियो । संगीता सलमान खान परिवारसँग पनि नजिक थिइन् । सलमान पनि संगीतासँग विवाह गर्न चाहन्थे । तर दुबैको ब्रेकअप भयो । यस्तै सोमी अली पाकिस्तानी अभिनेत्री हुन् । सोमीको साथ सलमानको अफेयर्स लामो समयसम्म चलेको थियो ।

फिल्म ‘मैने प्यार किया’ हेरेपछि सोमी सलमानसँग नजिकिएकी थिइन् । दुबैको डेट ८ बर्षसम्म चलेको थियो । यस्ते सलमान र ऐश्वर्याको अफेयर निकै चर्चामा रहेको थियो । दुबैको पहिलो भेट ‘हम दिल दे भुके सनम’ सेटमा भएको थियो । त्यही दुबैले एकअर्काेलाई मन पराएका थिए ।

एक दिन रातको ३ बजे सलमान ऐश्वर्याको घर पुगेका थिए । भारतीय संचार माध्यामका कारण उक्त कारणले ऐश्वर्या र सलमानबीच सम्बन्ध टुटेको थियो । सलमान र कट्रीनाको प्रेम पनि निकै चर्चामा रहेको बिषय हो ।

सलमानले कट्रीनालाई फिल्म ‘मैने प्यार क्युं किया’मा अभिनय गर्ने अवसर दिलाएका थिए । सलमानका साथ फिल्म अभिनयपछि कट्रीना निकै हिट भइन् । २००९ मा दुबैका ब्रेकअप भएको थियो । भर्खरै मात्रै कट्रीनाको विक्की कौशलसँग विवाह भएको छ ।

खानले कट्रीनालाई विवाहमा ३ करोडको गाडी उपहार दिएका थिए । सलमानको प्रेम चर्चा रोमियन सुन्दरी युलिया वन्तुरसँग पनि भएको थियो । दुबैलाई एकसाथ धेरै पटक देखिएका थिए । युलिया सलमानको परिवारसँग पनि देखिएकी थिइन् । उनको व्यवसायिक चलचित्र देखि असफल प्रेमसम्बन्ध सम्म चर्चा गरिरहदा उनी विना विवाह नै पिता बन्ने योजनामा रहेको भारतीय संचारमाध्यामहरुले जनाएका छन् ।

बलिउडमा आजकल सरोगेसीको माध्यामबाट माता–पिता बन्नेको चलिरहेको एक अलग ट्रेंडलाई आत्मसात गर्दै सलमान खान पिता बन्ने योजनामा रहेको बताइएको छ । आफूले सरोगेसीको माध्यामबाट पिता बन्नेको सुख पाउन चाहेको उनले कयौं पटक बताइसकेका छन् ।

बलिउडमा आमिर खान र पत्नी किरण राव, शाहरुख खान र गौरी खान, सोहेल खान,फराह खान, करण जोहर, तुसार कपुर, एकता कपुर बलीउडकी चर्चित अभिनेत्री सन्नी लियोनी, शिल्पा शेट्टी, प्रीति जिंटा लगायत पनि सरोगेसीबाट माता पिता बनेका छन् ।

Advertisement

सरोगेसी भनेको बच्चा चाहने कुनै पनि दम्पतीले आफू सक्षम भएर पनि स्वास्थ्य या अन्य कुनै कारणले स्वयंद्वारा बच्चा जन्माउन तयार नभएमा त्यस्ता दम्पतीले अन्य महिलाको कोख भाडामा लिने गर्दछन् । जुन कानुनी सम्झौताद्धारा बाधिएको हुन्छ । आफूले पाएका बच्चामाथि यस्ता महिलाको कानुनी अधिकार नहुनुका साथै डीएनएसमेत मेल खाँदैन ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top