संसद्मा नागरिकता संशोधन विधेयक पेश

काठमाडौँ,साउन २८
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७५ पेश गरेका छन् । उक्त विधेयकका बारेमा उठेको प्रश्नको जवाफमा गृहमन्त्री थापाले खुला सिमाना नियमन गर्ने सन्दर्भमा भारतसँग छलफल भइरहेको जानकारी दिँदै विगतको सन्धिसझौताका कारण जुन किसिमले नियम गर्नुपर्ने हो, त्यो भइनरहेको बताए । उनले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेकका अरु अधिकार दिने ढंगबाट नागरिकताको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिए ।

यसअघि नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचना बहुमतले अस्वीकृत गरेको थियो । बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी विधेयक २०७५ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उपभोक्ता संरक्षण विधेयक, २०७५ सदनसमक्ष पेश गरे । यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई सभाले बहुमतले अस्वीकार गरेको थियो । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले पनि निवृत्तभरण कोष विधेयक २०७५ प्रस्तुत गरे ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य दिलेन्द्रप्रसाद बडूले सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७५ पेश गरे । त्यस्तै उपप्रधानमन्त्री एव स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ सदनसमक्ष प्रस्तुत गरे । यसअघि विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सासद सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकले अस्वीकार गरेको थियो ।

Advertisement

महासन्धि, सन्धि तथा सम्झौता
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि पेश गरे । गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागूऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिमस्टेक महासन्धिमाथि सामान्य छलफल गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई सभाले स्वीकृत ग¥यो ।

उक्त प्रस्तावबारे सांसदले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय आतंकवाद नियन्त्रण गर्नका लागि सूचना र सहयोग आदानप्रदान गर्ने महासन्धिको उद्देश्य भएको स्पष्ट गरे । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २९ गते अपराह्न १ बजे बस्नेछ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top