×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

चिसोमा बाथले किन च्याप्छ ? के भन्छन् चिकित्सक ?

१५ पुष २०७८

१५ पुस, काठमाडौं ।
अहिले देशैभरि चिसो बढिरहेको छ ।

बढ्दो चिसोसँगै बिरामीहरु पनि बढेका छन् । पूराना दीर्घ रोग भएका देखि चिसोबाट हुने पखाला देखि रुघाखोकी, निमोनियाको बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका रोगीहरुलाई बढी च्याप्ने गरेको देखिन्छ ।  बाथ रोगका बिरामीको कसरि हेरचाह गर्ने, औषधि उपचार कसरी गर्ने, अन्य रोग र बाथरोगको लक्षण कसरी छुट्याउने भन्ने बारे चिकित्सक डा अभिलाषा शाहसँग हामीले संवाद गरेका छौँ ।

Advertisement
Advertisement

संवादको क्रममा डा. शाहले मानिसहरुमा देखिएका अन्य रोगहरुको र बाथ रोगको लक्षण उस्तै लाग्ने भएकोले बाथ रोगको लक्षणमा पनि मानिसहरु गलत धारणा र अनुमानले उपचार गरिरहेको बताइन । डा. शाहले बाथ रोग सम्बन्धि समाजमा केहि गलत धारणा रहेको बताइन ।

यस्तो अवस्थामा बाथ रोगको उपचार गर्नु पर्नेमा अन्य रोगको उपचार गर्न खोज्ने अन्य रोगको उपचार गर्नुपर्नेमा बाथ रोगको उपचार धेरै हुने पाइएको छ । डा. शाहले बाथ रोगको पहिचान परिक्षण गरेरमात्र स्पष्ट हुने बताइन । प्रस्तुत छ डा अभिलाषा शाह सँग बाथ रोग सम्बन्धि गरिएको कुराकानी ।

डा.अभिलाषा तपाईले दिनहुँ बाथरोगका बिरामी चेकजाँच गर्नुहुन्छ, हामो समाजमा कस्तो रुपमा पाउनुहुन्छ, बाथरोगको अवस्था ?

बाथरोग भन्ने हो भने नेपालमा खास बाथरोग धेरै नै देखिएको छ । धेरै मात्रामा छ तर त्यसको डाइगोनोसिस मात्रै नभएको हो । पहिला त बाथरोग भनेको के हो नै धेरैले बुझेको छैन । सचेतना जानकारी नभएर पनि होला । बाथरोगको लक्षणहरु देखेपछि विशेषज्ञकोमा नगइकन यो डाइगोनोसिस नभएको हुनाले मात्र बाथरोग भन्ने, खालि बुढाबुढीलाई मात्र हुन्छ भन्ने एउटा गलत बुझाइ धारणा छ ।

बाथरोग भनेको दिनदिनै डब्ल्यूएचओको तथ्यांकअनुसार भनिन्छ कि विश्वमा मोर देन १० प्रतिशतलाई बाथरोग छ । नेपालमा त्यस्तो कुनै अध्ययन त भएको छैन । कति जनालाई बाथ छ, के छ ? तर अहिले बिस्तारै बिस्तारै सचेतना बढ्न थाल्यो, डाइनोसिस हुन थाल्यो । त्यसपछि बाथको बिरामीहरु दिनदिनै बढेको देखिन्छ ।

बाथरोग कस्तो रोग हो र कसरी मानिसमा देखा पर्दछ ?

बाथरोग एकप्रकारको अटो इम्युनडिजिज पनि हो । अटो इम्युन भन्नाले के हो भने जुन हाम्रो रोगसँग लड्ने शक्ति हुन्छ, जसलाई इम्युन सिस्टम भनिन्छ । बाथरोगको बिरामीहरुमा यो इम्युन सिस्टम अटोम्याटिकली काम काम गर्ने हुन्छ ।

अटोम्याटिकली आफ्नै अंगहरुलाई हानी, नोक्शानी पु¥याउने, जस्तै जोर्नीदेखि लिएर भित्रि अंग मुटु, मिर्गौला, कलेजो, फोक्सो, आँखा, छाला, विभिन्न अंगमा असर गर्ने देखिन्छ । यो एउटा अटो इम्युन रोग हो । कुनै बाथरोग वंशानुगत पनि आएको देखिन्छ । स्पनडाइलो अथराइटिस भन्ने बाथरोग भयो, वंशानुगत आउने बाथ पनि हो । कुनै बाथ जसले मांशापेशीलाई मात्र असर गर्दछ ।

कसैलाई बाथरोग छ भनेर कसरी थाहा पाउने, प्रारम्भिक रुपमा कसरी अनुमान गर्न सकिन्छ ?

बाथरोग भनेपछि धेरैजसो, सामान्यतया देखिने लक्षण्हरु बाथको, जोर्नीहरु दुख्ने, सानो तथा ठूलो जोनीहरु दुख्ने, जोर्नीहरु सुन्निने, जोर्नीहरु कक्रक्क पर्ने, बिहान सुतेर उठ्दा, रेस्ट गरेर उठ्दा जोर्नीहरु मुठि पार्न गाह्रो हुने, टाइट हुने, यो सामान्यतया बाथको शुरुवाती लक्षण हो ।

बाथअनुसार लक्षण पनि फरक फरक नै हुन्छ । जस्तै गठियाबाथमा जोर्नी दुख्ने हुन्छ भने, बाथ सयौँ प्रकारको हुन्छ, जति खालको बाथ हुन्छ लक्षण पनि त्यस्तै फरक हुन्छ । सामान्य लक्षणहरु त जोर्नी दुख्ने, सुन्निनेहरु नै हो ।

कपाल झर्ने, पातलो हुने, घाममा जाँदा अनुहार रातो हुने, जसलाई बटरफ्लाई ¥यास भनिन्छ । गाला रातो हुने, मुखमा बारम्बार घाउहरु निस्किने, चिसोमा औँलाहरु नीलो, सेतो हुने, छालामा डाबरहरु आउनेदेखि लिएर लामो समयदेखि ज्वरो आउने, विभिन्न लक्षण बाथमा देखा पर्छन् ।

अहिले चिसो दिनदिनै बढीरहेको छ, चिसोमा बाथरोगका बिरामीहरुलाई बढी समस्या हुन्छ गाह्रो पर्छ भनिन्छ, किन होला ?

अब त्यो कारण के हुनसक्छ भने जुन पेनको रिसेप्टरहरु हुन्छन्, पेनको पोइन्टहरु जुन मान्छेहरुमा हुन्छ, चिसोले त्यसलाई बढी सेन्सेटाइज गरेर बाथले जाडोमा बढी दुख दिने हुन्छ । त्यो भन्दैमा बाथ जाडोमा मात्रै देखापर्ने हुँदैन । बाथ गर्मीमा पनि उत्तिकै मात्रामा देखिन्छ । तर जाडोमा धेरै बिरामीहरुलाई बाथले दुःख दिएको यही कारणले गर्दा नै हो ।

यस्तो बेला कसरी हेरचाह गर्ने, कस्तो खानपिन गर्ने, कस्तो औषधि लिने ?

बाथको बिरामीहरुले जाडोमा गर्नुपर्ने तातो, न्यानो, लुगा लगाउने, तातो भएर बस्ने, चिसो पानी नचलाउने, चिसोबाट टाढा बस्ने, फ्रिजको कुराहरु कोक, फेन्टाहरु नखाने, तातो गरेर वार्म गर्ने, आफ्नो जोर्नीहरुलाई न्यानो बनाएर राख्ने, बाथलाई जाडोमा अलिकति नियन्त्रण गर्न जरुरी छ ।

कस्तो अवस्थामा अस्पताल जाने, हामी कहाँ कस्तो बाथरोगको लागि कस्तो उपचार व्यवस्था छ ?

लक्षणहरु कुनै देखापरे भने, जोर्नी दुख्ने, सुन्निनेदेखि विभिन्न लक्षणहरु त्यस्तो देखियो भने चिकित्सककोमा जाने, बाथरोग विशेषज्ञकोमा जाने, समयमै राइट डाइनोसिस गरेको खण्डमा वा समयमै औषधि उपचार भयो भने बाथको उपचार प्रारम्भिक चरणमा भयो भने बाथलाई धेरै नियन्त्रण गर्न सकिन्छ । बाथ यतिसम्म खतरनाक हुन्छ कि, त्यसले ज्यान जानसक्ने पनि हुनसक्छ ।

त्यसैले समयमै त्यसको डाइनोसिस गर्दा राम्रो हुन्छ । त्यसको लागि हामीले अल्का अस्तालमा बारम्बार अवेरनेश कार्यक्रमहरु गरिरहेका हुन्छौँ । त्यसमा मेडिकल क्याम्प, फ्रि क्याम्प, गरिरहेका हुन्छौँ र अहिले पनि अल्का अस्पतालमा नै नौ दिनको ठूलो क्याम्प गरिहेका छौँ ।

त्यसमा बाथमा विभिन्न परीक्षणहरु निःशुल्क गरिरहेका छौँ । साथै औषधि पनि । अहिले दोस्रो चरणको शिविर चलिरहेको छ । बाथरोगसम्बन्धी समस्या छन् भने परीक्षण गराउन आउनुहोला ।

बालबालिका र वृद्धवृद्धाहरुलाई कसरी हेरचाह गर्ने ?

बाथ भनेको सानो बच्चादेखि बुढाबुढीसम्म जुनकुनै पनि एज ग्रुपमा लाग्न सक्छ । लक्षण देखियो भने समयमै जाने उपचार गर्ने । बच्नको लागि तातो, न्यानो गर्नुपर्छ ।

Advertisement

अर्को कुरा केही गरी कसैको तौल उमेरअनुसार भन्दा धेरै छ भने तौल ठीक बनाउने, स्वस्थ जीवनशैली अपनाउने, खानाहरु र डाइटहरुमा नियन्त्रण गर्ने । बाथ लाग्यो भनेर गेडागुडीदेखि सबै बार्ने हाम्रो जुन गलत सोचाई छ, त्यो नगरी पहिला कुन बाथ हो त्यो पत्ता लगाउने र विशेषज्ञको सल्लाहअनुसार अघि बढ्नुपर्छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top