×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

माओवादीका अधिकांश प्रतिनिधी चुनावदेखि डराए

१८ पुष २०७८

१८ पुस, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् ।

पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र जारी छ । शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेपनि एकाएक कार्यतालिका अनुसारको प्रक्रिया रोकी सहमतीमा पार्टी केन्द्रीय कमिटी घोषणाको लागि छलफल अगाडी बढाइएको छ ।

Advertisement
Advertisement

चुनावी प्रक्रियाबाट सिंगो केन्द्रीय कमिटी र पार्टी नेतृत्वको चयन गर्नुपर्ने मत पनि बन्दसत्रमा उठेको भएपनि बढीभन्दा बढी प्रतिनिधिहरुले भने पार्टीलाई सुदृढ र एकतावद्ध बनाउनका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

महाधिवेशनका प्रतिनिधि चक्रपाणि शर्मा सर्वसम्मतीमा नेतृत्व चयन गर्ने पार्टीले निर्णय गरेमा स्वीकार गर्नुपर्ने बताउछन् । पार्टीभन्दा बाहिर गएर नहुने भन्दै पार्टीले छलफल गरेरै टुंग्याउने उनले बताए ।

चुनाव गराउनु भनेको गुटबन्दीको सिर्जना

प्रतिनिधि डा. कृष्णप्रसाद खनाल माओवादी पार्टी भित्र चुनावको संस्कार विकसित नभएको अवस्थामा सर्वसम्मत रुपले कमिटी निर्माण गर्नुपर्ने बताउछन् ।

पार्टीले संगठित रुपमा आकार नलिइरहेको अवस्थामा चुनाव गर्नु नहुने पक्षमा उनको मत छ । चुनाव गराउनु भनेको गुटबन्दीको सिर्जना गर्नु हुने उनको तर्क छ । प्रतिनिधि लिलाधर खनाल भने प्रतिस्पर्धा भएमा पार्टी स्वच्छ र मजबुद बन्ने बताए । प्रतिस्पर्धाबाट आएमा नेताहरुले आफ्नो क्षमता देखाएर अगाडी बढ्न सक्ने उनले बताए ।

जनवादी चुनावको अभ्यास, चुनाव गरे पार्टी नबन्ने

त्यसैगरी, प्रतिनिधि परशुराम रिमालले पार्टीले चुनाव नै गरेपनि विद्यमान प्रणालीभन्दा फरक प्रकारको जनवादी चुनावको अभ्यास गर्नुपर्ने बताए । हाल माओवादी केन्द्रको कार्यकर्तामा चुनावमा जाने खालको चेतना नभएको भन्दै उनले चुनाव गरे पार्टी नबन्ने उनले बताए । सहमति, सहकार्यबाट मात्रै पार्टी गतिलो बन्ने उनले बताए ।

चुनाव भएमा पैसावाल मान्छेहरुको हालिमुहाली हुने

प्रतिनिधि विरबहादुर रायमाझी पार्टीमा सक्रिय र इमान्दार कार्यकर्ताले ठाउँ पाउनुपर्ने बताउँछन् । चुनाव भएमा पैसावाल मान्छेहरुको हालिमुहाली हुने भएकाले चुनाव गर्नु नहुने उनको भनाई छ । चुनावी प्रणालीलाई नमान्ने उनको भनाई छ ।

Advertisement

प्रतिनिधि टेकनाथ न्यौपानेले पनि चुनावको लडाइँ भन्दा पार्टीलाई सर्वसम्मत् रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् । उनले चुनावलाई केवल जित र हारको संज्ञा दिदैँ सर्वसम्मतीमा कसैले जित्ने हार्ने नहुने टिप्पणी गरे । पार्टीलाई बलियो बनाउन चुनावको विकल्प खोज्नुपर्ने उनले बताए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top