Nepal Times
Nepal Times
3
Shares

र्‍यापर लाउरे ब्राउन सुगर ‘प्रयोगकर्ता’ मात्र भएको प्रहरीको निष्कर्ष

र्‍यापर लाउरे ब्राउन सुगर ‘प्रयोगकर्ता’ मात्र भएको प्रहरीको निष्कर्ष

१८ पुस, पोखरा ।
ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरे लागु औषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष छ ।

पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले आरोपीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लाउरे भनेर चिनिने आशिष रानामगर चर्चित र्यापर हुन् ।

लाउरेले नविन गुरुङसँग ब्राउन सुगर किन्न खोजेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । लाउरेसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन् । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार पोखरा घर भएका लाउरे लागु औषधको ‘युजर’ मात्रै भएको थाहा भएको छ ।

पक्राउ परेकाहरुको साथबाट कास्की प्रहरीले १३ दशमलव १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । १३ दशमलव १ ग्राम लागु औषध कारोबार गर्नेलाई ५ देखि १० बर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । लागु औषध नियन्त्रण ऐनअनुसार ब्राउन सुगर प्रयोगकर्तालाई १ वर्ष कैद हुने व्यवस्था छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले उनलाई लागु औषध प्रयोगकर्ताको मुद्दा चलाएमा लाउरेलाई १ वर्षसम्म कैद सजाय हुनसक्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.