दक्षिण अफ्रिकाको संसदमा आगजनी गरेको आशंकामा एकजना पक्राउ

Share this
691shares

१९ पुस, एजेन्सी ।
दक्षिण अफ्रिकाको संसदमा आगजनी गरेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

Advertisement

आगजनी गरेको आशंकामा अन्दाजी ५० वर्षका एक शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

आइतबार स्थानीय समयअनुसार बिहान २ बजे त्यहाँको संसद नेसनल एसेम्बलीको भवनमा आगलागी भएको थियो । शंकास्पद व्यक्ति संसद भवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ।

Advertisement

पक्राउ परेका व्यक्ति बिहानैदेखि संसद भवनमा आवतजावत गरेको एउटा सीसीटिभी फुटेजमा देखिएको सार्वजनिक कार्य तथा पूर्वाधार मन्त्री प्याट्रिका डी लिलेले बताइन् । आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top