×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

निर्मला पन्त प्रकरणमा एक भारतीय नागरिकको डीएनए जाँच

१९ पुष २०७८

१९ पुस, काठमाडौँ ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक शंकास्पद युवकलाई पक्राउ गरी डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ती युवकमाथि अनुसन्धानकेन्द्रित गरी डिएनए परीक्षण गरेको हो । जिप्रका कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीले डिएनए अनुसन्धानको क्रममा शंकास्पद व्यक्तिहरूको परीक्षणको काम भइरहेको बताए । तर, प्रहरीले सो आरोपमा कसैलाई पनि पक्राउ नगरेको उनको भनाइ छ ।

Advertisement
Advertisement

डिएनए परीक्षणका लागि नमुना संकलनमै त्रुटि भएको भन्दै त्यस विधिबाट अभियुक्त पत्ता नलाग्ने निष्कर्ष यसअघि निकालिएको थियो । डिएनए परीक्षणको विषयमा दुईवटा छानबिन समितिले यसमा त्रुटि भएको औँल्याएको थियो ।

राष्ट्रिय मानवअधिकार आयोग र डिएनए विशेषज्ञ जीवन रिजालको नेतृत्वको विज्ञ टोलीले यसबारे छुट्टाछुट्टै छानबिन गरेको थियो । दुवै टोलीले डिएनए परीक्षण प्रक्रियामै कमजोरी भएको तथ्य औँल्यायो । जसअनुसार अब डिएनए प्रविधिबाट अभियुक्त पत्ता लाग्न सक्दैन भन्ने दुवै प्रतिवेदनको निष्कर्ष थियो । तर, पनि प्रहरीले डिएनए विधिलाई नै अनुसन्धानको मुख्य आधार बनाएको छ ।

‘छानबिन टोलीले जे भने पनि डिएनएबाटै अभियुक्त पत्ता लाग्छ भन्ने हाम्रो विश्वास छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘सोही आधारमा शंकित व्यक्तिहरूमाथि अनुसन्धान चलिरहेको छ ।’ यसअघि नै प्रहरीले यो घटनामा एक सयभन्दा धेरै व्यक्तिको डिएनए परीक्षण गरिसकेको छ ।

यसअघिका छानबिनमा भने डिएनएको नमुनामै मिसावट भएको उल्लेख छ । राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा भनिएको छ, ‘डिएनए परीक्षणका लागि भजाइनल स्वाबलगायतका नमुना संकलन गर्दा सिन्कोमा बेरिएको कपासबाट गरिएको यस्तो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न सकिने अवस्था छैन ।

यसरी संकलन गरी टेस्टट्युबमा राख्दा पर्याप्त मात्रामा डिएनए संकलन नहुने र डिएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही आउन नसक्नेजस्ता समस्या रहेको पाइयो । मूलतः नमुना संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो ।’

आयोगले पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा पूर्वएआइजी विज्ञानराज शर्मा, फरेन्सिकविज्ञ डा. हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा र आयोगका अनुसन्धान अधिकृत रहेको समिति गठन गरेको थियो ।

पछि गृह मन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक रिजालको नेतृत्वमा विज्ञ समिति गठन गरेको थियो । सो समितिले पनि अब अनुसन्धानमा डिएनए प्रविधि प्रभावकारी नहुने निष्कर्ष निकालेको थियो ।

मृतकको शरीरबाट संकलन गरिएको नमुनामै मिसावट भइसकेकाले अब डिएनए प्रविधिबाट अभियुक्त पत्ता लगाउन धेरै गाह्रो हुने रिजाल बताउँछन् । ‘यो घटनामा अब डिएनए परीक्षणको रिजल्ट सही आउने सम्भावना कम छ,’ उनले भने, ‘सुरुमा स्याम्पल नै कन्टामिनेट भइसकेको छ ।’

निर्मलाको भजाइनल स्वाबबाट निकालिएको नमुनाबाट डिएनए परीक्षण गरी अभियुक्त पत्ता लगाउन असम्भव रहेको विज्ञहरूले बताइसकेका छन् । प्रहरीले वाई–एसटिआई विधिबाट डिएनए परीक्षण गरेको थियो, जुन विधि वंश पत्ता लगाउन प्रयोग गरिन्छ ।

सामान्यतया, अभियुक्त पहिचान गर्न अटोसोमल प्रविधिबाट परीक्षण गरिन्छ । निर्मलाको बलात्कारपछि हत्या भएको ४१ महिना भइसकेको छ । १० साउन ०७५ मा महेन्द्रनगर, उल्टाखामकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो ।

भोलिपल्ट अर्धनग्न अवस्थामा उखुबारीमा उनको शव भेटियो । बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भइसकेको छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top