×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नारायणहिटी संग्रहालयमा रेस्टुरेन्ट बनाउन दिएकोबारे छानबिन गर्न समिति बन्ने

२२ पुष २०७८

२२ पुस, काठमाडौं ।
नारायणहिटी दरबार संग्रहालयको बगैँचामा रेस्टुरेन्ट निर्माणका लागि दिइएको ठेक्काका सम्बन्धमा छानबिन गर्न समिति बनाइने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले दरबार संग्रहालयभित्र निर्माण हुँदै गरेको रेस्टुरेन्टलाई लिएर उत्पन्न विवाद तथा त्यसको ठेक्का प्रक्रियाको वास्तविकता अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारीसहित समिति बनाउने तयारी गरेको हो।

Advertisement

मन्त्रालयका सहप्रवक्ता उपसचिव टेकनारायण पौडेलले भने, ‘छानबिन समिति बनाउनका लागि गृहकार्य भइरहेको छ। सम्भवतः आजै (बिहीबार) सो समिति बन्नेछ।’ समिति कसको नेतृत्वमा र कति सदस्यीय बन्नेबारे निर्णय भइनसकेको उनले बताए।

तर मन्त्रायलका सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा उपसचिव पौडेलसहित पाँच सदस्यीय छानबिन समिति बनाउने प्रस्ताव गरिएको छ। हप्ता दिनको समय दिएर सुझावसहितको प्रतिवेदन पेश गर्नका लागि समितिलाई जिम्मेवारी दिने तयारी रहेको पर्यटनमन्त्री प्रेमबहादुर आलेको सचिवालयले जनाएको छ।

दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालनका लागि २०७७ साल पुस १७ गते नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पोखराको बतास समूहअन्तर्गतको बी म्यानेजमेन्टसँग तीन वर्षका लागि ठेक्का सम्झौता गरेका थिए।

संग्रहालयभित्र रेस्टुरेन्ट बनाउन लागिएको र त्यसको ठेक्का प्रक्रियामा बतास समूहलाई उच्चतम लाभ हुने गरी प्रक्रिया मिलाएको आरोप छ। यससम्बन्धी खबर सार्वजनिक भएपछि मन्त्रालयले मंगलबार तत्कालका लागि निर्माण कार्य रोक्न निर्देशन दिएको थियो।

तर ठेक्का पाएको कम्पनी अदालत जान सक्ने हुँदा प्रक्रिया पूरा गरेर वास्तविकता बुझी ठेक्का नै रद्द गर्नका लागि छानबिन समिति बनाउन लागिएको पर्यटनमन्त्री आलेको सचिवालयले दाबी गरेको छ।

Advertisement

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top