वीरगञ्जबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा ९ महिने शिशुको मुत्यु

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा ९ महिने शिशुको मुत्यु

२६ पौष, दाङ । वीरगञ्जदेखि सुर्खेत जाँदै गरेको बस दाङ देउखुरीको सिसहनियाँमा दुर्घटना हुँदा ९ महिने शिशुको मुत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार भारतीय नागरिक असिर आलमका छोरा नानु आलमको मृत्यु भएको हो । शिशुको शवलाई कोहलपुर मेडिकल कलेजको शव गृहमा राखिएको छ ।

बसमा सवार ८ जनाभन्दा धेरै घाइते छन् । घाइते हुनेमा पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका–१६ का ३५ वर्षीय रतन शाही, रौतहटका ३४ वर्षीय रामविनायक कुर्मी, भारत विहारका ४० वर्षीय सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेतको भेरीगंगाका १७ वर्षीय दिलबहादुर क्षेत्री रहेका छन् ।

त्यस्तै बर्दिया गेरुवा गाउँपालिका–१ का ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका–१८ का ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका–७ का ४५ वर्षीय धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत सामान्य घाइते भएका छन् ।

घाइते सबैको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ । बसमा २० जना यात्रु सवार थिए ।

प्रहरीका अनुसार बस अनियन्त्रित भएर २० मिटर तल पुगेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.