×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-07-2026 || Nepal Times
May 07, 2026
Playing
बालेन सरकारका मन्त्रीहरू सिक्दै अगाडि बढ्दै|| Nepal Times
May 07, 2026
Playing
चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा उग्र|| Nepal Times
May 07, 2026
Playing
यु द्ध छिट्टै सकिने Trumpको दाबी, अमेरिकी प्रस्तावलाई Iranले विचार गर्दै || Nepal Times
May 07, 2026
Playing
इरान–रुसलाई ड्रोनका पार्टपुर्जा दिदै चीन, अमेरिकी प्रतिबन्धले छोएन|| Nepal Times
May 07, 2026
Playing
मौसम विभागको पूर्वानुमान क्षमता विस्तार गर्ने विराजभक्तको प्रतिवद्धता|| Nepal Times
May 07, 2026
Playing
दोहोरो सेवासुविधामाथि सरकारको निगरानी, उच्च पदाधिकारीको सुविधा जाँच हुँदै|| Nepal Times
May 07, 2026
Playing
प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा || Nepal Times
May 07, 2026
Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026
Playing
आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ? || Nepal Times
May 07, 2026

रसुवागढी नाकामा यार्ड निर्माणको काम सुरु

२६ पुष २०७८

२६ पौष, रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड निर्माणको काम सुरु भएको छ ।

यार्डको अभावमा लामो समयदेखि आयातमा समस्या आएपछि निर्माण सुरु गरिएको हो । अहिले रसुवागढी नाकाबाट चार किलोमिटर वर टिमुरेमा अस्थायी यार्ड सञ्चालनमा छ ।

Advertisement
Advertisement

टिमुरेमा नै ड्राइपोर्ट पनि निर्माण भइरहेको छ । तर नाकामा अहिलेसम्म यार्ड सञ्चालनमा ल्याइएको छैन । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार नाकामा नै यार्ड निर्माण सुरु भएको छ ।

रसुवागढीमा कम्तीमा पनि २० वटा कन्टेनर अट्ने यार्ड निर्माण हुने उनले बताए । नाकामा यार्ड निर्माण भएमा चिनियाँ पक्षले सामग्रीको आयात बढाउने छन् । कोभिड–१९ सुरु भएपछि चीनबाट हुने आयात घटेको छ ।

नाकाको नेपालतर्फ पूर्वाधारको विकास नभएकै कारण चिनियाँ पक्षले सामग्रीको आयात बढाएका छैनन् । ‘हामीले पूर्वाधारको विकास गर्न सकेको खण्डमा चिनियाँ पक्षले सामग्रीको आयात बढाउने छन्’, उनले भने, ‘यसले पछिसम्म फाइदा हुन्छ ।’ पछिल्लो समय चिनियाँ पक्षले दैनिक ९ वटा चिनियाँ गाडीमा सामग्री आयात गरिरहेका छन् ।

२०७६ साल माघयता नाकाबाट आयात निकै कम भएको छ । २०७६ साल माघ १५ गतेदेखि २०७७ साल जेठ तेस्रो हप्तासम्म नाका बन्द गरिएको थियो । पछि एकतर्फी रूपमा नाका सञ्चालनमा आयो । तर पछिल्ला दिनमा नाकामा कारोबार निकै घटेको छ ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ ।

Advertisement
Advertisement

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी गाडी आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र गाडीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

भर्खरको समाचार

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

सम्बन्धित खबरहरु

Scroll to Top