२४ घण्टामा १४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

२६ पौष, काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार चार सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement

पीसीआर र एन्टिजेन गरी ११ हजार चार सय २९ जनाको नमुना परीक्षण गर्दा १२ दशमलव ६५ प्रतिशत अर्थात् एक हजार चार सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५५ जना सङ्क्रमणमुक्त भएका छन् । यही अवधिमा दुई जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

Advertisement

अहिले नेपालमा सात हजार आठ सय ५५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख १० हजार पाँच सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top