आजदेखि काठमाडौं उपत्यकामा २५ जना भन्दा बढी भेला हुन नपाइने

२७ पुस ७८, बुधबार

२८ पुस, काठमाडौं ।
आजदेखि काठमाडौँ उपत्यकामा २५ जनाभन्दा धेरै मानिसको जमघट र भेलामा स्थानीय प्रशासनले रोक लगाएको छ।

Advertisement

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका हुन्। राजनीतिक दलका सभा–सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधिमा पनि स्थानीय प्रशासनले प्रतिवन्ध लगाएका छन्।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को मंगलबार बसेको बैठकले गएराति १२ बजेदेखि लागू हनेगरी यस्तो प्रतिवन्धात्मक व्यवस्थाको निर्णय गरेका हुन्। सीडीओहरुको बैठकले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाउँदै १८ बुँदे आदेश जारी गरेको छ।

Advertisement

घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न पनि आदेशमा भनिएको छ। त्यसैगरी राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

कोरोना संक्रमण पुनः तीव्र बनेपछि काठमाडौं उपत्यकाका विद्यालय माघ १५ गतेसम्मका लागि बन्द भइसकेका छन्। आदेशमा सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने उल्लेख छ।

Advertisement

साथै, उद्योग व्यवसायहरुमा समेत कार्यरत मजदुरलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिइएको छ। अत्यावश्यक कामका लागि प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन सकिने आदेशमा उल्लेख छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top