पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता

पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता

२९ पुस, धादिङ ।
धादिङको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् ।

रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरिएको जानकारी दिए ।

‘चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको भनेर स्थानीयले खबर गर्नु भएको छ,’ एसपी सिंहले भने, ‘विस्तृत विवरण आइसकेको छैन ।’

घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आइनसकेको उनको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.