स्व.गणेश वस्नेत स्मृति पत्रकारिता पुरस्कार विष्णु सुब्बालाई

२९ साउन ७५, मंगलबार
Share this
751shares

दमक, साउन २८
हाम्रो दमक डटकम अनलाइन मिडीयाका सम्पादक विष्णु सुब्बा स्व.गणेश वस्नेत उत्कृष्ठ पत्रकारिता पुरस्कारवाट पुरस्कृत हुने भएका छन । मेची सहकारी संस्थाका पूर्व अध्यक्ष स्व. बस्नेतको स्मृतिमा स्थापित सो पुरस्कारवाट यसवर्ष पत्रकार सुब्बा पुरस्कृत हुने भएका हुन् ।

Advertisement

सो पुरस्कार मेची सहकारी संस्थाको भाद्र १२ गते २२ औ बार्षिकोत्सव तथा २४ औ साधारणसभाका दिन प्रदान गरिने छ । पुरस्कारको राशी नगद ७ हजार , सम्मान पत्र रहेको छ ।

पत्रकार सुब्बा दुई दशक देखि झापाली पत्रकारिताका क्षेत्रमा कृयाशील छन् । उनी हाम्रो दमक डटकम बाहेक झापा पोष्ट दैनिकका कार्यकारी सम्पादक , राष्ट्रिय समाचार समितिका स्ट्रिङगर भएर लामोसमयदेखि दमकमा कार्यरत छन् ।

Advertisement

पत्रकार सुब्बासंगै संस्थाले सोहि दिननै उत्कृष्ठ सहकारी अभियन्ता पुरस्कारबाट यसवर्ष राष्ट्रिय सहकारी महासंघ काठमाण्डौंका अध्यक्ष केशवप्रसाद बडाललाई प्रदान गरिने निर्णय भएको संस्थाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए । संस्थाले आफनो बार्षिकोत्सवसहित साधारणसभामा वर्सेनी ती पुरस्कार प्रदान गरिआएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top