एसियाड फुटबलमा नेपालले आज जापानको सामना गर्दै

Share this
799shares

विराटनगर,साउन २९
१८ औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत मंगलबार नेपालले जापानको सामना गर्दै छ । नेपाली यु–२३ र जापानको यु–२१ टोलीबीचको खेल सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

Advertisement

आयोजक इन्डोनेसियाले शनिबार औपचारिक उद्घाटन गर्ने भएपनि फुटबलखेलहरु मंगलबारबाट सुरु गर्न लागिएको हो ।थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण र दुई अभ्यास खेल खेलेर नेपाली टोली एसियाडका लागि इन्डोनेसिया पुगेको हो । नेपालले थाइल्यान्डमा खेलेको दुवै अभ्यास खेलमा पराजय भोगेको थियो ।

एसियाड खेलमा जापानसँग अहिलेसम्म तीन पटक प्रतिस्पर्धा गर्दा तीन खेलमै हार बेहोरेको नेपालका लागि जापानविरुद्धको खेल त्यति सहज हुनेछैन ।यस्तोमा नेपाली टोली बलियो जापानविरुद्ध संयमित भएर खेल्दै अंक खोस्ने योजनामा हुनेछ । सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियन गेम्स र सन् १९९२ मा थाइल्याण्डमा भएको एसियन गेम्समा नेपाल जापानसँग समान ५–० ले पराजित भएको थियो । सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाल ४–० ले पराजित भएको थियो । यस्तो अबस्थामा नेपाल जापानविरुद्ध इतिहास रच्ने योजनामा हुनेछ भने जापान जितलाई निरन्तर गर्दै अगाडी बढ्न चाहन्छ ।

Advertisement

नेपाली टोलीको कप्तानी सिनियर राष्ट्रिय टिमका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङले गर्नेछन् । ओलम्पिक नियमअनुसार यु–२३ टोलीमा तीन जना सिनियर खेलाडी राख्न पाउने प्रावधान छ । त्यसैअनुसार एन्फाले किरण चेम्जोङ, रोहित चन्द र विशाल राईलाई टिममा समावेश गरेको छ ।

समुह ‘डी’ रहेको नेपालले दोस्रो खेलमा नेपालले भियतनामसँग १६ अगष्टमा खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले १९ अगस्टमा पाकिस्तानको सामना गर्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top