×

NEPAL TIMES UPDATES

Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026
Playing
बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद || Nepal Times
Mar 17, 2026
Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026

प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

५ माघ २०७८

५ माघ, काठमाडौँ । तीव्र गतिका बलर किशोर महतो र अमर सिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।

१ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनायो । पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिएपनि उपाधि जिताउन सकेनन् । दीपेन्द्रले दुई जीवनदान पाएका थिए । भुवन कार्कीको १० औं ओभरको दोस्रो बलमा विकेटकिपर आसिफ शेख स्टम्पिङबाट चुकेका थिए ।

Advertisement

जुन समय दीपेन्द्र २७ रनमा क्रिजमा थिए । दीपकको १३ औं ओभरको तेस्रो बलमा दीपेन्द्रले ३९ रनमा अर्को जीवनदान पाए । एक्स्ट्रा कभरमा अभिनाश बोहराले क्याच ड्रप गरेका थिए । तीव्र गतिका बलर किशोर महतोले पहिलो बलमै ओपनर पवन सरार्फलाई मिडअनमा सन्दीप जोराबाट क्याच गराउँदै गोल्डेन डक पेभेलिएन फर्काएका थिए । किशोरकै तेस्रो ओभरको पाँचौं बलमा अर्का ओपनर अमित श्रेष्ठ एज लागेर विकेटकिपर आसिफ शेखबाट ३ रनमा क्याच आउट भए ।

अमरसिंह राउटेलाले अनिल शाहलाई १० रनमा क्याच गराए । दीपक बोहराको डाइरेक्ट थ्रोमा आरिफ शेख १२ रनमा रन आउट भए । विकेटकिपर दीलिप नाथ दीपकको बलमा बोल्ड आउट हुनुअघि २२ बलमा २ चौकासहित २३ रन जोडे ।

एपिएफका किशोर महतोले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अमरसिंह राउटेला, अभिनाश बोहरा दीपक बोहराले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ १९.५ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । एपिएपफका अमरसिंह राउटेलाले तल्लोक्रममा १५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक २९ रनको योगदान दिए । लोकेश बमले १५ बलमा १ चौका र ३ छक्कासहित २७ रन जोडे ।

तीव्र गतिका बलर गुलशन झाको दोस्रो ओभरको दोस्रो बलमा ओपनर आसिफ शेख एज लागेर विकेटकिपर दीलिप नाथबाट ९ रनमा क्याच आउट भए । स्पिनर सागर ढकालले अन्तिम बलमा प्रदीप ऐरी ७ रनमा बोल्ड आउट गर्दा एपिएफ ४३–२ को अवस्थामा थियो ।

दीपेन्द्र सिंह ऐरीको पाँचौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका लोकेश बम लङअनमा अनिल शाहबाट २७ रनमा क्याच आउट भए । सागरको चौथो ओभरको चौथो बलमा लोकेशले ब्यक्तिगत २६ रनमा जीवनदान पाएका थिए ।

डिप विकेटमा गुलशन झा ले सहज क्याच ड्रप गरेका थिए । सागरको छैटौं ओभरको अन्तिम बलमा दीपक बोहरा स्लिपमा ६ रनमा आरिफ शेखबाट क्याच भएपछि एपिएफले खराब सुरुवात गरेको थियो । दीपेन्द्रको बलमा पुरन विक शून्यमा आरिफ शेखबाट क्याच भएपछि ६।२ ओभरमा एपिएफ ६२–५ को अवस्थामा पुगेको थियो ।

कप्तान शरद भेषावकरले २५ बलमा १ चौकासहित १९ रनमा आउट भए । १०४–७ को अवस्थामा पुगेको एपिएफलाई भुवन कार्की र अमरले ४२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । भुवन २२ बलमा १ चौकासहित १७ रनमा क्याच आउट भए । किशोर महतोले ८ र अभिनाश बोहराले १ रन बनाए ।

पुलिसका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले ३।५ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २, आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १–१ विकेट लिए ।

विजेता एपिएफले पाँच लाख र उपविजेता पुलिसले तीन लाख प्राप्त गर्नेछन् । पुष २६ देखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीको सहभागीता थियो ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top