हेलिकोप्टरको पङ्खाले लागेर भारतीय नागरिकको मृत्यु

२९ साउन ७५, मंगलबार
Share this
706shares

विराटनगर,साउन २९
हुम्लाको सिमिकोटमा हेलिकोप्टरको पंखा (तेल रोटर)ले लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ। ‘९एन–अल्फा माइक भिक्टर’ कल साइनको मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएको हो।

Advertisement

सिमिकोटबाट हिल्सामा गएको हेलिकोप्टर अवतरण भएपछि उत्रिने क्रममा उनलाई पंखाले लागेको हो। उनी मानसरोबर यात्रामा जाँदै थिए। हेलिकोप्टरमा रहेका अन्य पाँचजना यात्रु भने सकुसल रहेको जनाईएको छ । हाल जिल्ला प्रहरी कार्यालय, हुम्लाको टोली मुचुल्का लागि घटनास्थलतर्फ गएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top