कर्णाली प्रदेश भित्रिने मुख्य नाकामा हेल्थ डेस्क सञ्चालन

९ माघ, सुर्खेत । कोरोना सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश भित्रिने मुख्य नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले प्रदेश सरकार र भेरीगङ्गा नगरपालिकाको सहयोग तथा समन्वयमा भेरीगङ्गा नगरपालिका–१० को तोलिखोला (छिन्चु)मा आजदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।

बबई हुँदै भारत तथा अन्य देशबाट आउने नागरिकहरुलाई विशेष लक्षित गरेर हेल्थ डेस्क सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

उनले हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँच गरिने र लक्ष्ण देखिएकाहरुको एन्टिजेनमार्फत कोरोना परीक्षण गरिने बताएका छन् । त्यस ठाउँमा होल्डिङ सेन्टर निर्माण हुँदै गरेको अहिले अस्थायी रुपमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

हेल्थ डेस्क सञ्चालनका लागि प्रदेश सरकारले स्वास्थ्य जनशक्ति पठाएको छ । उनले यसअघि सुर्खेत विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको बताए ।

कोरोना सङ्क्रमणको तेस्रो लहर आएपछि कर्णालीमा पनि कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ७२ रहेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top