२७ लाख ३३ हजार टेलिफोन लाइन वितरण गर्दै टेलिकम

२७ लाख ३३ हजार टेलिफोन लाइन वितरण गर्दै टेलिकम

विराटनगर,साउन २९
नेपाल टेलिकमले चालु आर्थिक वर्षमा २७ लाख ३३ हजार टेलिफोन लाइन थप गर्ने भएको छ । टेलिकमको भ्वाइस सेवा अन्तर्गत नयाँ लाइन वितरण गर्ने भएको हो ।

टेलिकमले सिडिएमए प्रविधिका ८१ हजार ६ सय २, पोष्टपेडतर्फ ५९ हजार ८ सय ३० र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने भएको छ भने पिएसटीएन(लेनलाइन) सेवातर्फ पनि ४२ हजार २ सय ६१ टेलिफोन लाइन वितरण गर्ने योजना रहेको टेलिकमले जनाएको छ ।

पिएसटीएन सेवामार्फत ग्रामीण तथा सहरी क्षेत्रमा आइपी प्रविधिका उपकरणबाट भ्वाइस, डाटा र अन्य सेवा पनि दिइने छ । टेलिकमको इन्टरनेट सेवालाई गुणस्तरीय बनाउन बिटीएस जडान गरिने भएको छ । सेवा विस्तार गरेर चालु आवमा १० प्रतिशतले नाफा वृद्धि गरी सञ्चालन आय ४४ अर्ब २५ करोड रुपैयाँ पुर्याउने टेलिकमको लक्ष्य रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.