×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नति गर्न सात बुँदे सहमति

१३ माघ, कैलाली। कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नति गर्न सात बुँदे सहमति भएको छ ।

नेपाल सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा वस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट्टबीच हिजो बुधबार सात बुँदे सहमति भएको हो ।

Advertisement
Advertisement

सहमतिमा विमानस्थलको स्तरोन्नति तथा जग्गा अधिग्रहणका लागि आर्थिक वर्ष २०७८/७९ भित्र घरजग्गा अधिग्रहण तथा स्तरोन्नतिका लागि आवश्यक स्रोत सुनिश्चित गरी त्यसपछिको दुई वर्ष भित्र मुआब्जा वितरणको व्यवस्था गरिनु पर्ने उल्लेख छ । अधिग्रहण गर्दा अधिग्रहणमा पर्ने सबै व्यक्ति, समुदायको अध्यन गरी उचित मुआब्जाको व्यवस्था गरिने पनि सहमति भएको छ ।

यस्तै अधिग्रहण गर्दा सम्बन्धित परिवार, टोल विकास समिति र समन्वय समितिका दुई दई जना आमन्त्रित गरी सहभागिताको सुनिश्चतता गरिने र मुआब्जा निर्धारण गर्दा अधिग्रहण हुने क्षेत्र बाहेक नजिकमा हुन सक्ने बजार मूल्यको आकलन गरी समयमै मुआब्जा बितरणको व्यवस्था मिलाइनु पर्ने सहमति पत्रमा उल्लेख छ ।

यस्तै मुआब्जा वितरणको सम्पन्नता नभए सम्म घर जग्गाको भोगचलनमा कुनै पनि प्रकृतिको अवरोध नगर्ने जनाइएको छ । नेपालको प्रचलित कानुन जग्गा प्राप्ति ऐन र पूर्वाधार विकास आयोजनाका लागि जग्गा प्राप्ति पर्नवास तथा पुर्नस्थापना सम्बन्धी नीति बमोजिम हुने तथा विमानस्थलको स्तरोन्नतिका लागि टोल विकास समिति, समन्वय समिति र टोलवासीकातर्फबाट कुनै पनि बाधा अवरोध नगर्ने सहमति भएको गेटा विमानस्थल प्रमुख रामकृष्ण भट्टले जानकारी दिए ।

यस विमानस्थल स्तरोन्नति तथा जग्गा अधिग्रहणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

क्षेत्रीय विमानस्थलको रुपमा गेटालाई विकास गर्न दुई सय ५८ दशमलव २५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने गुरुयोजनालाई नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहनु भएका मन्त्री आलेले स्वीकृत गरेपछि सर्भेको काम अघि बढेको छ । विमानस्थल स्तरोन्नतिका लागि परामर्शदाता कम्पनीको प्राविधिक टोलीले ड्रोनबाट सर्भेको काम सुरु गर्न थालेको बताइएको छ ।

सुविधासम्पन्न विमानस्थल निर्माणका लागि १५ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने देखिएको प्रमुख भट्टले जानकारी दिए । २५८ दशमलव २५ बिघा जग्गा अधिग्रहणका लागि थप ८ अर्ब रुपैयाँ चाहिने भएकाले प्रभावित क्षेत्रका स्थानीयको उचित व्यवस्थापन हुने मन्त्री प्रेम आलेले बताए ।

Advertisement

उनले भने, “घर जग्गा अधिग्रहणमा पर्ने नागरिकको मर्मअनुसार मुआब्जाको व्यवस्थापन गरिने छ, विमानस्थल स्तरोन्नति र अधिग्रहण कार्यमा सबैको सहयोग आवश्यक छ ।”

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top