‘भिएफएक्स’ का ओस्कार विजेता रोबर्ट ब्लाल्याकको निधन

२५ माघ ७८, मंगलबार
Share this
667shares

२५ माघ, एजेन्सी ।
‘भिएफएक्स’ मा ओस्कार र एमी अवार्ड विजेता रोबर्ट ब्लाल्याकको ७३ वर्षको उमेरमा निधन भएको छ।

Advertisement

प्यारिसमा बस्ने उनको क्यान्सरको कारण बुधबार निधन भएको उनकी श्रीमती क्यारोलिन चरोन ब्लाल्याकले जानाकारी दिएकी छन्।

ब्लाल्याकले ‘स्टार वार्स’ मा गरेको कामबाट उनलाई ओस्कार अवार्डले सम्मान गरिएको थियो। सन् १९८३ को सफल नाटक ‘द डे आफ्टर’ मा गरेको कामले उनलाई एमी अवार्डले सम्मान गरिएको थियो।

Advertisement

उनको जन्म सन् १९४८ को डिसेम्बर ९ मा पानामामा भएको थियो। उनले पिटर डेभिसको ओस्कार विजेता डकुमेन्ट्री ‘हर्टस् एण्ड माइन्डस्’ मा पनि काम गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top