Nepal Times
Nepal Times
3
Shares

रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकाले ज्येष्ठ किसानलाई मासिक पेन्सन दिने

रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकाले ज्येष्ठ किसानलाई मासिक पेन्सन दिने

२५ माघ, रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले ज्येष्ठ किसानलाई मासिक रुपमा पेन्सन दिने भएको छ ।

गाउँपालिकाको गाउँ सभा तथा गाउँ कार्यपालिकाको निर्णय अनुसार ज्येष्ठ किसानलाई प्रति महिना ५ सय रुपैयाँ पेन्सन दिने निर्णय अनुसार कार्यक्रम कार्यान्वय हुन लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कार्यविधि बनाएर पेन्सन कार्यक्रमको सुरुवात गर्न लागेको हो ।

चालु आर्थिक वर्ष ०७८/०७९ को साउन १ गतेदेखि लागू हुनेगरी किसानलाई हरेक महिना पेन्सन दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले बताए । गाउँपालिकाले ५५ वर्ष पूरा भइ ६० वर्ष नपुगेका दलित किसानलाई पेन्सन दिने जनाएको छ ।

गैर दलितको हकमा ६० वर्ष पूरा भइ ७० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ। गाउँपालिकाका अध्यक्ष केसीले एक घरबाट एक जनाले मात्र पेन्सन पाउने व्यवस्था गरेको बताए । पेन्सनका लागि कुनै पनि खालको सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेको हुनुपर्ने समेत अध्यक्ष केसीले जानकारी गराए ।

पेन्सन प्राप्त गर्नका लागि सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित सम्पर्क गर्न वडा नम्बर ३ का वडाअध्यक्ष चन्द्रबहादुर केसीले अनुरोध गरेका छन् । पेन्सनका लागि नागरिकताको फोटोकपी, बैंक खाता र चेकको फोटोकपी बुझाउनु पर्ने वडाध्यक्ष केसीको जानकारी गराए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.