३ फागुन, एजेन्सी ।
युक्रेन तनावलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ ।
उनीहरुबीच युक्रेन सङ्कटको कुटनीतिक समाधानबारे केन्द्रित रहेर झण्डै ४० मिनेट कुराकानी भएको बीबीसीले जनाएको छ । रुसी सैन्य कारबाही हुनसक्ने बारम्बारको चेतावनीका बीच बाइडेन र जोनसनले सहमति अझै सम्भव रहेकोमा छलफल गरेका हुन् ।
बेलायतका प्रधानमन्त्रीले बाइडेनसँग सङ्कटमा सघाउन आफूले सबथोक गर्न तयार रहेको बताएका छने । जवाफमा बाइडेनले पनि बेलायतको सहायता विना केही नगर्ने वाचा गरेको खबरमा उल्लेख छ ।
यसअघि हिजो रुसी विदेशमन्त्रीले पनि कुटनीतिबाट आफूहरू नथाकेको प्रतिक्रिया दिएका थिए ।
