×

NEPAL TIMES UPDATES

Playing
Passport Index कुन देशको पासपोर्ट पावरफुल ? सिंगापुर शीर्षमा|| Nepal Times
May 08, 2026
Playing
Top 15 Afternoon News || May-08-2026 || Nepal Times
May 08, 2026
Playing
प्रधान न्यायाधीश सिफारिसपछि सर्वाेच्चमा हलचल, वरीयता मिचियो भन्दै रिट|| Nepal Times
May 08, 2026
Playing
मृ*त्युद*ण्डको सजाय पाउने गरी चिनियाँ २ मन्त्रीले के गरे ?|| Nepal Times
May 08, 2026
Playing
कम परिमाण राखेर उपभोक्तालाई तेलमा ठ गेपछि || Nepal Times
May 08, 2026
Playing
यु द्ध रोक्ने सम्झौता नजिक पुग्दा होर्मुजमा Missile र Drone बर्सिए || Nepal Times
May 08, 2026
Playing
बालेनले शर्मालाई किन प्रधानन्यायाधीश सिफारिस गरे ? यस्तो छ कारण || Nepal Times
May 08, 2026
Playing
इटहरी, धरान र दमकलगायतका पालिकामा ’डोजर आ*तंक’ || Nepal Times
May 08, 2026
Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

८ चैत्र २०८२

८ चैत , काठमाण्डौ ।

होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजहरूमा भएका आक्रमणका कारण इरान २२ देशबाट घेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धपोत पठाउा गरेको आग्रहमा पर्ख र हेरको अवस्थामा रहेका अमेरिका निकट युरोपेली राष्ट्रहरु अन्तत इरानको विपक्षमा कडा विज्ञत्ति जरी गरेका छन् ।

Advertisement
Advertisement

संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयले होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजहरूमा भएका आक्रमणबारे २२ देशको संयुक्त वक्तव्य सार्वजनिक गरेको छ। वक्तव्यमा इरानले गरेको भनिएका आक्रमणहरूको कडा शब्दमा निन्दा गरिएको छ ।

वक्तव्यमा संयुक्त अरब इमिरेट्स, बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, जापान, क्यानडा, दक्षिण कोरिया, न्युजिल्यान्ड, डेनमार्क, लात्भिया, स्लोभेनिया, एस्टोनिया, नर्वे, स्वीडेन, फिनल्याण्ड, चेक गणतन्त्र, रोमानिया, बहरेन, लिथुआनिया र अष्ट्रेलियाका नेताहरूले हस्ताक्षर गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘हामी इरानद्वारा हालै गरिएका आक्रमणहरूको कडा निन्दा गर्छौं। यी आक्रमण निहत्था व्यापारिक जहाजहरूलाई लक्षित गरी गरिएका छन् । साथै, तेल र ग्याससम्बन्धी संरचना लगायत नागरिक पूर्वाधारमा पनि हमला भएको छ । इरानी सेनाले होर्मुज जलडमरूमध्यलाई लगभग अवरुद्ध बनाएको छ ।’

वक्तव्यमा थप भनिएको छ, ‘समुद्री मार्गको स्वतन्त्रता अन्तर्राष्ट्रिय कानूनको आधारभूत सिद्धान्त हो, जसमा संयुक्त राष्ट्रसंघको समुद्री कानून पनि समावेश छ । इरानका यी गतिविधिले विश्वभरका मानिसहरूमा असर पार्नेछ, विशेषगरी पहिले नै कमजोर अवस्थामा रहेका समुदायमा बढी असर पुग्नेछ ।’

ती देशहरूले सुरक्षित समुद्री मार्ग सुनिश्चित गर्न आवश्यक प्रयासमा सहयोग गर्न तयार रहेको जनाएका छन् । साथै, यस दिशामा योजना बनाइरहेका अन्य देशहरूको पहललाई पनि स्वागत गरिएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यको सुरक्षाका लागि विभिन्न देशहरूलाई युद्धपोत तैनाथ गर्न आग्रह गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै इरानलाई ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज पूर्णरूपमा सुरक्षित बनाई खोल्न आग्रह गरेका छन् । यदि इरानले समयसीमाभित्र होर्मुज जलडमरूमेध्य नखोले अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गर्ने चेतावनी ट्रम्पले दिएका छन् ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड(सेन्टकम) ले स्ट्रेट अफ होर्मुजमा इरानले जहाजहरूलाई धम्की दिने क्षमता कमजोर पारेको दाबी गरेको छ । अमेरिकाको पछिल्लो आक्रमणपछि होर्मुज क्षेत्रमा प्रयोग हुने शक्ति कमजोर पारेको सेन्टकमको दाबी छ ।

सेन्टकमका कमान्डर ब्राड कुपरले सामाजिक सञ्जाल एक्समा भिडिओ सन्देश सार्वजनिक गरेर यसै हप्ता गरिएको आक्रमणमा इरानका क्रुज मिसाइल र अन्य हतियार भण्डारण गर्ने भूमिगत संरचना नष्ट पारेको बताएका छन् । उनका अनुसार उक्त आक्रमणमा हतियार भण्डारणस्थल मात्र नभई जहाजहरूको आवागमन निगरानी गर्न प्रयोग हुने गुप्तचर सहयोगी केन्द्रहरू तथा मिसाइल रडार प्रणालीसमेत ध्वस्त पारिएको छ ।

‘जसको परिणामस्वरूप होर्मुज वरपर जहाजहरूको स्वतन्त्र आवागमनमा खतरा पु¥याउने इरानको क्षमता कमजोर भएको छ,’ कुपरले भनेका छन्, ‘र, हामी यस्ता टार्गेटहरूलाई निरन्तर निशाना बनाउँदै जानेछौँ ।’ भिडिओ सन्देशमै कुपरले हालसम्म अमेरिकाले ८ हजार भन्दा बढी हजारौं इरानी सैन्य ठिकानाहरूमा आक्रमण गरिसकेको बताउँदै जसमा १३० वटा इरानी समुद्री जहाज पनि परेको बताएका छन् ।

यता मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेसमा इरानले गरेका आक्रमणका कारण युद्धका पहिलो दुई हप्तामै करिब ८० करोड डलर (झन्डै ७५ अर्ब २० करोड रुपैयाँ) बराबरको क्षति भएको अनुमान गरिएको छ । इरानले मध्यपूर्वको केही देशमा रहेको अमेरिकी तथा अमेरिकी सेनाले प्रयोग गरिरहेका सैन्य ठेगानाहरूमा भवन, सुविधाहरू र अन्य संरचनामा आक्रमण गरेको थियो ।

रणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्र(सीएसआईएस) को रिपोर्ट अनुसार, यो क्षतिको ठूलो हिस्सा पहिलो हप्तामै भएको थियो । अमेरिका र इजरायलले युद्ध सुरु गरेपछि इरानले जवाफी हमला गरेको थियो। जसको कारण अमेरिकाले ठूलो क्षति बेहोरनुप¥यो ।

यस क्षेत्रमा रहेका अमेरिकी स्रोतहरूमा इरानका आक्रमणबाट भएको कुल क्षतिको पूर्ण विवरण भने पुष्टी भइसकेको छैन । युद्ध लम्बिँदै जाँदा अमेरिकाले ठूलो मूल्य चुकाउनुपरेको बीबीसीले जनाएको छ । सीएसआईएससँग सम्बद्ध वरिष्ठ सल्लाहकार मार्क क्यानसियनले भने, ‘अमेरिकी बेसमा भएको क्षति कम आकलन गरिएको हुन सक्छ। यो व्यापक देखिए पनि पूर्ण जानकारी नआएसम्म वास्तविक क्षतिको ठ्याक्कै आँकडा थाहा पाउन सकिँदैन।’

इरानका जवाफी हमलाहरूमा जोर्डन, संयुक्त अरब इमिरेट्स र मध्यपूर्वका अन्य देशहरूमा रहेका अमेरिकी स्रोतहरू एयर डिफेन्स प्रणाली र स्याटेलाइट सञ्चार प्रणालीसहितलाई निशाना बनाइएको थियो। सबैभन्दा ठूलो क्षति भने जोर्डनको एक एयर बेसमा थाड मिसाइल डिफेन्स प्रणालीका लागि प्रयोग भइरहेको अमेरिकी रडारमाथि गरिएको हमलाका कारण भएको थियो।

तनावका बीच ईरान ले इजरायल का डिमोना र अराद सहरमा मिसाइल आक्रमण गरेको छ, जसमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। सबैभन्दा पहिले डिमोनामा आक्रमण भएको थियो, जहाँ इजरायलको आणविक (न्यूक्लियर) सुविधा रहेको छ। त्यसपछि अरादमा पनि हमला गरिएको थियो।

अधिकारीहरूका अनुसार डिमोनामा कम्तीमा ४० जना घाइते भएका छन् भने अरादमा करिब ७० जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। इजरायली प्रसारण माध्यम च्यानल १३ ले प्रारम्भिक संकेतका आधारमा केही व्यक्तिको मृत्यु भएको आशंका जनाएको छ, तर यसको आधिकारिक पुष्टि भने भएको छैन।

इजरायलको विदेश मन्त्रालयका अनुसार घाइतेमध्ये बालबालिकासमेत रहेका छन्। इजरायलको राष्ट्रिय आपतकालीन चिकित्सा सेवाले डिमोनाको आवासीय क्षेत्रमा भएको मिसाइल आक्रमणपछि ४० भन्दा बढी घाइतेको उपचार गरेको जनाएको छ। ईरानले नतान्जस्थित आफ्नो परमाणु केन्द्रमा भएको आक्रमणको प्रतिकारस्वरूप इजरायलको आणविक कार्यक्रमलाई निशाना बनाएको बताएको छ।

उता अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) को कुड्स फोर्सका प्रमुख कमान्डर ब्रिगेडियर जनरल इस्माइल कानीले पहिलोपटक यस विषयमा सार्वजनिक अभिव्यक्ति दिएका छन्। कुड्स फोर्सलाई आईआरजीसीले विदेशमा सञ्चालन गर्ने अभियान सम्हाल्ने जिम्मेवारी छ। इरानी सञ्चारमाध्यमले इस्माइल कानीको वक्तव्य सार्वजनिक गरेका छन्।

जसमा कानीले शीर्ष र वरिष्ठ नेता तथा अधिकारी मारिए पनि उनीहरूको आन्दोलन कमजोर नहुने उल्लेख गरेका छन्। कानीले सन्देशमा भनेका छन्, ‘उहाँहरू नभए पनि अयातोल्लाह खोमेनी र उहाँद्वारा निर्धारित इस्लामिक गणतन्त्रको वैचारिक मार्ग नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको नेतृत्वमा शक्ति र अधिकारका साथ अगाडि बढिरहनेछ।’

इरानमा सरकारका अधिकारी र कमान्डरको नाममा लिखित सन्देश सञ्चार माध्यममार्फत सार्वजनिक गर्ने चलन बढ्दै गएको देखिन्छ। शनिबारै मोज्तबा खामेनीको लिखित सन्देश पनि सरकारी टीभीमा प्रस्तोताले ठुलो स्वरमा पढेर सुनाएका थिए। जबकि यसअघिका सर्वोच्च नेता खामेनीले परम्परागत रूपमा क्यामेराअगाडि बसेर आफ्नो सन्देश सुनाउँथे।

अमेरिका र इजरायलले गरेको संयुक्त हमलामा परी गत फेब्रुअरी २८ मा बुवा मारिएपछि मोज्तबा खामेनीलाई यही महिनाको सुरुमा इरानले नयाँ सर्वोच्च नेता बनाएको हो। यद्यपि उनी त्यसयता सार्वजनिक रूपमा देखा परेका छैनन्। अमेरिका–इजरायले फेब्रुअरी २८ मा सर्वोच्च अली खामेनीलगायत इरानका थुप्रै शीर्ष नेता तथा अधिकारी मारेका थिए।

त्यसपछि हालै मात्र इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी मारिएका छन्।इरानमा अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।

Advertisement
Advertisement

इरानले पनि जवाफ हमला गरिरहेको छ। यस क्रममा उसले खाडीका मुलुकहरूलाई पनि निसाना बनाइरहेको छ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top