×

NEPAL TIMES UPDATES

Playing
Passport Index कुन देशको पासपोर्ट पावरफुल ? सिंगापुर शीर्षमा|| Nepal Times
May 08, 2026
Playing
Top 15 Afternoon News || May-08-2026 || Nepal Times
May 08, 2026
Playing
प्रधान न्यायाधीश सिफारिसपछि सर्वाेच्चमा हलचल, वरीयता मिचियो भन्दै रिट|| Nepal Times
May 08, 2026
Playing
मृ*त्युद*ण्डको सजाय पाउने गरी चिनियाँ २ मन्त्रीले के गरे ?|| Nepal Times
May 08, 2026
Playing
कम परिमाण राखेर उपभोक्तालाई तेलमा ठ गेपछि || Nepal Times
May 08, 2026
Playing
यु द्ध रोक्ने सम्झौता नजिक पुग्दा होर्मुजमा Missile र Drone बर्सिए || Nepal Times
May 08, 2026
Playing
बालेनले शर्मालाई किन प्रधानन्यायाधीश सिफारिस गरे ? यस्तो छ कारण || Nepal Times
May 08, 2026
Playing
इटहरी, धरान र दमकलगायतका पालिकामा ’डोजर आ*तंक’ || Nepal Times
May 08, 2026
Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

२५ बैशाख २०८३

२५ वैशाख , काठमाण्डौ ।

के मध्यपूर्व फेरि एकपटक ठूलो युद्धको संघारमा पुगेको हो ? केही हप्ताको शान्तिपछि एकाएक विश्व राजनीतिमा हलचल मच्चिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेका छन् कि, इरानले अमेरिकी नौसैनिक युद्धपोतहरूमाथि भीषण आक्रमण गरेको छ ।

Advertisement
Advertisement

रणनीतिक रूपमा विश्वकै संवेदनशील जलमार्ग होर्मुज स्ट्रेटमा अमेरिका र इरानबीच सिधा टक्कर भएको छ । एकातिर इरानले अमेरिकी जहाजमा गम्भीर क्षति पुर्याएको दाबी गरिरहेको छ भने अर्कोतिर राष्ट्रपति ट्रम्पले इरानलाई उग्र भन्दै खरानी बनाइदिने चेतावनी दिएका छन् ।

आज हामी चर्चा गर्नेछौं— आखिर किन भयो यो आक्रमण ? के साच्चै अमेरिकी जहाजहरूमा क्षति पुगेको हो ? युएई माथि इरानले किन मिसाइल प्रहार गर्यो ? घटनाको सुरुवात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा सामाजिक सञ्जाल पोस्टबाट भयो । ट्रम्पले आफ्नो प्लेटफर्म ट्रुथ सोसल मार्फत विश्वलाई जानकारी दिए कि— इरानले तीनवटा अमेरिकी डेस्ट्रोयर जहाजहरूमाथि हमला गरेको छ ।

आक्रमणमा मिसाइल, विस्फोटक ड्रोन र साना लडाकु डुङ्गाहरूको प्रयोग गरिएको थियो । ट्रम्पका अनुसार, अमेरिकी सेनाले निकै बहादुरीका साथ प्रतिआक्रमण गर्यो । उनले भनेका छन्, “हाम्रा जहाजहरू सुरक्षित छन्, कुनै क्षति भएको छैन । हामीले इरानका धेरै साना डुङ्गाहरू समुद्रमै नष्ट गरिदियौं र उनीहरूले प्रहार गरेका मिसाइल र ड्रोनलाई आकाशमै ध्वस्त पार्यौं ।

“तर ट्रम्प यहाँ मात्र रोकिएनन् । उनले इरानको नेतृत्वलाई उग्र र असामान्य भन्दै कडा आलोचना गरे । ट्रम्पको स्पष्ट सन्देश छ— “इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न दिइने छैन । यदि तेहरानले छिट्टै सम्झौता गरेन भने, भविष्यमा यसभन्दा अझ कडा सैन्य कारबाही भोग्नुपर्नेछ ।“

यता इरानले भने अमेरिकाको दाबीलाई ठाडै अस्वीकार गरेको छ । इरानी सञ्चारमाध्यम र विशेषगरी अल जजिराको रिपोर्ट अनुसार, इरानले अमेरिकी जहाजमा आक्रमण गरेको स्वीकार त गरेको छ, तर यसलाई ’जवाफी कारबाही’ भनेको छ । इरानको आरोप के छ भने— अमेरिकी सेनाले पहिले इरानी तेल ट्याङ्करहरूमाथि आक्रमण गरेको थियो ।

साथै, अमेरिकाले युद्धविरामको उल्लंघन गर्दै इरानको ’केश्म टापु’ लगायतका नागरिक क्षेत्रमा हवाई हमला गरेको दाबी इरानले गरेको छ । इरानको शक्तिशाली ’इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ नौसेनाले बताए अनुसार, उनीहरूले अमेरिकी जहाज विरुद्धः ब्यालिस्टिक मिसाइल, एन्टी–शिप क्रुज मिसाइल, र आत्मघाती ड्रोनहरूको प्रयोग गरेका थिए ।

इरानको दाबी छ कि यो हमलामा अमेरिकी युद्धपोतहरूमा गम्भीर क्षति पुगेको छ । यो द्वन्द्व अमेरिका र इरानबीच मात्र सीमित रहेन । शुक्रबार बिहान एउटा अर्को डरलाग्दो खबर बाहिर आयो । संयुक्त अरब इमिरेट्स अर्थात् युएईको रक्षा मन्त्रालयले इरानबाट आफूमाथि हवाई हमला भएको पुष्टि गर्यो ।

युएईको आकाशमा ठूला–ठूला विस्फोटका आवाजहरू सुनिए । युएईको डिफेन्स सिस्टमले इरानबाट आएका ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल र ड्रोनहरूलाई आकाशमै रोक्न सफल भएको बताएको छ । युएई सरकारले आफ्ना नागरिकहरूलाई शान्त रहन र सुरक्षा निर्देशन पालना गर्न अपिल गरेको छ ।

अहिले धेरैको मनमा उब्जिएको प्रश्न हो— इरानले युएईलाई किन निशाना बनायो ? के इरानले खाडीका अन्य देशहरूलाई पनि यो युद्धमा तान्न खोजेको हो ? यसले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य आधार शिविरहरू मात्र होइन, सम्पूर्ण क्षेत्रको सुरक्षा व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ ।

केही हप्ता अघि मात्रै अमेरिका र इरानबीच एउटा अघोषित युद्धविराम जस्तै स्थिति थियो, जसका कारण मध्यपूर्वमा केही शान्ति देखिएको थियो । तर यो शान्ति तुफान आउनुपूर्वको सन्नाटा जस्तै सावित भयो । ट्रम्पले बारम्बार भन्दै आएका छन् कि इरानले आणविक हतियार बनाउन लागिरहेको छ ।

यदि इरानले परमाणु बम बनायो भने त्यसले इजरायल र अमेरिकाका लागि ठूलो खतरा पैदा गर्नेछ । त्यसैले ट्रम्प प्रशासनले इरानमाथि म्याक्सिमम प्रेसरको नीति अपनाइरहेको छ । यस्तै विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत यही साँघुरो जलमार्गबाट जान्छ ।

यदि यहाँ युद्ध भयो र यो मार्ग बन्द भयो भने विश्वभर तेलको मूल्य आकाशिनेछ, जसको सिधा असर नेपाल जस्ता देशको अर्थतन्त्रमा पनि पर्नेछ । ट्रम्प आफूलाई एक स्ट्रोङ म्यानको रूपमा प्रस्तुत गर्न चाहन्छन् । उनले इरानलाई स्पष्ट चेतावनी दिएका छन् कि यदि सम्झौता हुँदैन भने सैन्य कारबाही नै अन्तिम विकल्प हुनेछ ।

स्थिति निकै नाजुक छ । एकातिर इरान आफ्नो अस्तित्व र तेल व्यापार बचाउन जुनसुकै हदसम्म जान तयार देखिएको छ भने अर्कोतिर अमेरिका आफ्नो सैन्य प्रभुत्व कायम राख्न चाहन्छ । युएईमाथि भएको हमलाले यो द्वन्द्व क्षेत्रीय युद्धमा परिणत हुने खतरा बढेको छ ।

यदि यी दुई शक्ति राष्ट्रबीच पूर्ण स्तरको युद्ध भयो भने, त्यसले तेस्रो विश्वयुद्धको आधार खडा गर्न सक्छ । मध्यपूर्वमा सल्किएको सानो झिल्कोले सधैं ठूलो डढेलोको रूप लिएको इतिहासका घटनाक्रमहरुले देखाउने गरेका छन । एकातिर ट्रम्पको आणविक हतियार विरोधी अड्डी र अर्कोतिर इरानको ’जवाफी कारबाही’को जिद्दी।

Advertisement
Advertisement

यो टक्करले कसैलाई फाइदा हुनेछैन, तर नोक्सान भने सारा विश्वलाई हुनेछ। के ट्रम्पले इरानलाई सम्झौताको टेबलमा ल्याउन सक्लान् ? वा यो इरानमाथि अर्को ठूलो आक्रमणको संकेत हो ? यसका लागि भने प्रतिक्षा गर्नुपर्ने देखिन्छ ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

नेपालमै पहिलो टियर आईभी हाइपरस्केल डेटा सेन्टर बन्ने, विदेशी सर्भरमा निर्भरता हट्ने

IMG_6731.JPG_1

सम्बन्धित खबरहरु

Scroll to Top