विराटनगरमा पुस २ देखि ११ गतेसम्म विराट एक्सपो, २७५ भन्दा बढी स्टल रहने

१८ कात्तिक २०८३, बुधबार
Share this
821shares

१८ कार्तिक , काठमाण्डौ ।

Advertisement

उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा नवौँ संस्करणको विराट एक्सपो २०२६ आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने ।

विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा आयोजना हुने एक्सपोमा २७५ भन्दा बढी स्टल रहने एक्सपोका संयोजक विपीन कावराले दिए जानकारी ।

Advertisement

‘द इकोसिस्टम अफ अपरच्युनिटिज’ नारा अघि सार्दै आयोजना गरीएको एक्सपोले उद्योग, व्यापार र उत्पादनलाई एउटै थलोमा जोड्दै उद्योगी, व्यवसायी, युवा, विद्यार्थी तथा लगानीकर्तालाई अवसरसँग जोड्ने व्यावसायिक मञ्च बन्ने आयोजकको दावी ।

एक्सपोमा १० वटा अवसर क्षेत्र र छवटा एकीकृत प्लेटफर्ममार्फत विभिन्न गतिविधि सञ्चालन हुने ।

विद्यार्थी तथा युवालाई करियर मार्गदर्शन, रोजगारी र सीप विकाससँग जोड्न ‘लर्न फर द फ्युचर’ कार्यक्रम सञ्चालन हुने ।

औद्योगिक स्वचालन, फेसन डिजाइन, कृषि, आतिथ्य सेवा, सौन्दर्य तथा वेलनेस र स्वास्थ्यलगायत आठ क्षेत्रमा तालिम तथा सीप विकासका कार्यक्रम रहने आयोजकको दावी ।

नयाँ सोच र उद्यमशीलतालाई प्रोत्साहन गर्न स्टार्टअप एन्ड इन्टरप्रेनरसिप प्याभिलियन तथा उद्योग व्यवसायलाई दर्ता, कानुनी परामर्श, ब्रान्डिङ, प्याकेजिङ, गुणस्तर परीक्षण, प्रमाणीकरण र बजार पहुँचमा सहयोग पु¥याउन बिजनेस डेभलपमेन्ट सर्भिसेज कनेक्ट प्लेटफर्म सञ्चालन गरिने ।

एक्सपोको मुख्य आकर्षणका रूपमा तीनदिने ‘विराट बिजनेस समिट २०२६–अपरच्युनिटी कनेक्ट’ आयोजना हुने ।

समिटमा उद्योगी, व्यवसायी, लगानीकर्ता तथा नीतिनिर्माताबीच लगानी, व्यावसायिक विस्तार र आर्थिक विकासका विषयमा छलफल हुने ।

कोशी प्रदेशका १४ वटै जिल्लाका उद्योग वाणिज्य संघले आ–आफ्नो क्षेत्रको आर्थिक सम्भावना प्रस्तुत गर्ने ।

नेपाल–भारत तथा नेपाल–बंगलादेश बिजनेस फोरम, बीटुबी बैठक र व्यावसायिक अन्तरक्रियासमेत सञ्चालन हुने ।

एक्सपोमा करिब १५० औद्योगिक तथा कर्पोरेट, ५० कृषि तथा साना उद्यम, २० अटोमोबाइल, १२ खाद्य, १० बिजनेस डेभलपमेन्ट सर्भिसेज, १० तालिम प्रदायक र १० साना तथा वृद्धि उन्मुख उद्यमका स्टल रहनेछन्।

प्रायोजकका लागि १५ विशेष बुथसहित शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था र अन्य सेवा प्रदायकको सहभागिता रहने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top