सरकारले प्रेस काउन्सिलको क्षेत्राधिकार विस्तार गरेर अध्यादेश ल्यायो

१८ कात्तिक २०८३, बुधबार
Share this
723shares

१८ कार्तिक , काठमाण्डौ ।

Advertisement

सरकारले प्रेस काउन्सिलको क्षेत्राधिकार विस्तार गरेर अध्यादेश ल्यायो ।

सञ्चारमाध्यमले सञ्चालन गर्ने सामाजिक सञ्जाल फेसबुक, युट्युब, एक्स, टिकटक लगायतका अकाउन्टहरू समेत काउन्सिललाई निगरानी गरी कारबाही गर्ने अधिकार अध्यादेशले दिएको छ ।

Advertisement

मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश ल्याउने निर्णय गरेको थियो।

कानुन मन्त्रालय स्रोतका अनुसार कतिपय युट्युब च्यानल र फेसबुक पेज अनलाइनका रूपमा सूचना विभागमा दर्ता हुने तर सामग्री वेवसाइनमा प्रकशित नगर्ने गरेकाले काउन्सिललाई आचारसंहिता लागू गराउनका लागि निगरानीको अधिकार दिइएको हो।

’ऐन बमोजिमको आचारसंहिता तथा उजुरी सुनुवाइ र कारबाहीसम्बन्धी व्यवस्था अनलाइन, सामाजिक सञ्जाल, मोबाइल वा अन्य एप्लिकेसन तथा प्रचलनमा रहेका वा भविष्यमा विकास हुने अन्य डिजिटल वा विद्युतीय प्रविधि वा माध्यममार्फत् पत्रकारिताको कार्य गर्ने व्यक्ति तथा सञ्चारमाध्यममा समेत लागू हुनेछ’, अध्यादेशमा भनिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top