भारतीय विदेश सचिव मिस्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता

१८ कात्तिक २०८३, बुधबार
Share this
749shares

१८ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र परराष्ट्रमन्त्री शिशिर खनालबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता ।

भेटका क्रममा नेपाल–भारतबीचको ऐतिहासिक, घनिष्ठ तथा मित्रवत् सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल ।

Advertisement

परराष्ट्रमन्त्री खनालले नेपाल र भारतबीच रहिआएको बहुआयामिक सम्बन्धले आगामी दिनमा थप उचाइ लिने विश्वास व्यक्त।

दुवै पक्षले दुई देशबीचको साझेदारीलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्य विस्तारगर्ने विषयमा विचार आदान प्रदान ।

भेटवार्तामा ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षालगायतका विभिन्न क्षेत्रमा सहकार्य बढाउने विषयले पनि प्राथमिकता पाएको साथै, दुई मुलुकबीचको आपसी सम्बन्ध र सहयोगका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयको भनाइ ।

भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमणलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध र सहकार्यलाई थप गति दिने अवसरका रूपमा हेरिदै ।

विदेश सचिव मिस्रीले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम ।

प्रधानमन्त्री शाहसँगको भेटमा नेपाल–भारत सम्बन्धका समसामयिक विषयमा छलफल हुने अपेक्षा ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top