राष्ट्र बैंकले आजदेखि बेच्दैछ सुन–चाँदीका सिक्का, परिचयपत्र चाहिने

१९ कात्तिक २०८३, बिहीबार
Share this
684shares

१९ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकद्वारा तिहारलाई लक्षित गर्दै आजदेखि सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्दै ।

राष्ट्र बैंकले बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का बिक्री गर्ने ।

Advertisement

राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार सिक्का खरिद–बिक्री आज र भोलि दुई दिनसम्म सञ्चालन हुने ।

तिहारमा सुन तथा चाँदीका सिक्का खरिद गरी लक्ष्मीका रूपमा पूजा गर्दा शुभ हुने धार्मिक विश्वासका कारण राष्ट्र बैंकले हरेक वर्ष यस्तो व्यवस्था गर्दै ।

गत वर्ष सुन अभावका कारण चाँदीका सिक्का मात्रै बिक्री गरेको राष्ट्र बैंकले यस वर्ष भने सुनको असर्फीसमेत बिक्री गर्ने ।

यसका लागि वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरिएको जानकारी ।

यस वर्ष चाँदीका लक्ष्मी, गजलक्ष्मी र गणेशको छाप भएका सिक्का बिक्री गरिनेछ ।

एक व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका तीनवटासम्म चाँदीका सिक्का खरिद गर्न पाउनेछन् ।

सुन तथा चाँदीको सिक्काको मूल्य सोही दिनको बजार मूल्य र उत्पादन खर्चका आधारमा निर्धारण गरिने ।

सिक्का खरिद गर्न नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ ।

भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top