×

NEPAL TIMES UPDATES

Playing
Passport Index कुन देशको पासपोर्ट पावरफुल ? सिंगापुर शीर्षमा|| Nepal Times
May 08, 2026
Playing
Top 15 Afternoon News || May-08-2026 || Nepal Times
May 08, 2026
Playing
प्रधान न्यायाधीश सिफारिसपछि सर्वाेच्चमा हलचल, वरीयता मिचियो भन्दै रिट|| Nepal Times
May 08, 2026
Playing
मृ*त्युद*ण्डको सजाय पाउने गरी चिनियाँ २ मन्त्रीले के गरे ?|| Nepal Times
May 08, 2026
Playing
कम परिमाण राखेर उपभोक्तालाई तेलमा ठ गेपछि || Nepal Times
May 08, 2026
Playing
यु द्ध रोक्ने सम्झौता नजिक पुग्दा होर्मुजमा Missile र Drone बर्सिए || Nepal Times
May 08, 2026
Playing
बालेनले शर्मालाई किन प्रधानन्यायाधीश सिफारिस गरे ? यस्तो छ कारण || Nepal Times
May 08, 2026
Playing
इटहरी, धरान र दमकलगायतका पालिकामा ’डोजर आ*तंक’ || Nepal Times
May 08, 2026
Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

२५ बैशाख २०८३

२५ वैशाख , काठमाण्डौ ।

पासपोर्टले नै तय गर्छ, तपाईं संसारका कति देशसम्म पुग्न सक्नुहुन्छ। कुन देशमा भिसा नै नचाहिने, कुन देशमा पुग्न घण्टौं लाइन बस्नुपर्ने तर पनि नपाइने, यो सबै निर्भर गर्छ तपाईंको पासपोर्टको शक्तिमा । यही शक्ति मापन गर्ने हेनली पासपोर्ट इन्डेक्स २०२६ को ताजा रिपोर्ट सार्वजनिक भएको छ।

Advertisement
Advertisement

जुन रिपोर्टमा नेपाली राहदानी विश्वका ती देशहरुको सूचीमा परेको छ, जुन सबैभन्दा कमजोर छन् । यस रिपोर्टले कुन देशका नागरिक बिना भिसा कति देशमा जान सक्छन् भन्ने तथ्यांकका आधारमा विश्वका सबै पासपोर्टहरूको श्रेणी निर्धारण गर्छ। यस वर्षको रिपोर्टमा धनी देशहरूको रैंकिङ भने खुम्चिँदै गएको देखिएको छ ।

सिंगापुर यस सूचीमा पहिलो स्थानमा छ। सिंगापुरका नागरिकले आफ्नो पासपोर्टमार्फत १९२ देशमा पुग्न सक्छन्। दोस्रो स्थानमा तीन देशबीच बराबरी छ । जसमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स रहेका छन् । यी तीनै देशका नागरिक बिना भिसा १८७ देशको यात्रा गर्न सक्छन्।

पूर्वी वा दक्षिण–पूर्वी एशियाबाहिर यूएईको पासपोर्ट सबैभन्दा शक्तिशाली मानिन्छ। तर एउटा महत्त्वपूर्ण कुरा, सिंगापुर, जापान वा दक्षिण कोरियाका नागरिकहरूको विपरीत यूएईका नागरिकहरूलाई अमेरिकामा भिसामुक्त प्रवेश मिल्दैन।

शीर्ष १० शक्तिशाली पासपोर्ट भएका देशहरुमा :

सिंगापुर, जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, नर्वे, स्विट्जरल्याण्ड, युरोपेली युनियन, मलेशिया, युनाइटेड किंगडम ,अस्ट्रेलिया, क्यानाडा, न्युजिल्याण्ड ,युरोपेली देशहरूको पनि बलियो पासपोर्ट छ।

नर्वे र स्विट्जरल्याण्ड दुवै १८५ देशमा पुग्न सक्ने गरी उत्तरी तथा पश्चिमी युरोपमा अगाडि छन्। २७ सदस्यीय युरोपेली युनियनमा एकीकृत पासपोर्ट प्रणाली भए पनि सदस्य देशहरूको भिसामुक्त पहुँचमा फरक छ । बुल्गेरिया र रोमानियाका लागि १७७ देखि स्विडेनका लागि १८६ देशसम्म रहेकोछ ।

हेनली पासपोर्ट इन्डेक्स २०२६ मा भारत र पाकिस्तान दुवैको रैंकिङमा सुधार भएको छ, तर भारतले यस वर्ष उल्लेखनीय छलाङ लगाएको छ। भारत गत वर्षको ८५औं स्थानबाट ७५औं स्थानमा पुगेको छ। भारतीय नागरिकले ५६ देशमा भिसामुक्त यात्रा गर्न सक्छन्। यो सुधारको मुख्य कारण विभिन्न देशहरूसँग भएका नयाँ द्विपक्षीय सम्झौताहरू हुन्।

वैश्विक स्तरमा भारतलाई मध्यम श्रेणीमा राखिएको छ। पाकिस्तान गत वर्षको १०३औं स्थानबाट ९८औं स्थानमा पुगेको छ। पाकिस्तानी नागरिकले ३१ देशमा मात्र भिसामुक्त यात्रा गर्न सक्छन्। वैश्विक स्तरमा पाकिस्तानलाई यमन, इराक र अफगानिस्तान जस्ता देशहरूसँगै निम्न श्रेणीमा राखिएको छ।

पासपोर्टको रैंकिङ भूराजनीति, अर्थतन्त्र, भौगोलिक अवस्था र राजनीतिक स्थिरतालगायत धेरै कारकहरूमा निर्भर गर्छ। अमेरिका कुनै समय यस इन्डेक्समा पहिलो नम्बरमा थियो । सन् २०१४ मा पहिलो नम्बरमा रहेको अमेरिकी पासपोर्ट २०२६ मा खुम्चिएर १०औं स्थानमा झरेको छ।

अमेरिकाको भिसा नीतिमा कडाइ र अन्य देशहरूसँग पारस्परिक सम्झौताको कमी यसको मुख्य कारण मानिन्छ। बेलायत पनि अघिल्लो वर्षहरूको तुलनामा तल झरेको छ । अहिले ७औं स्थानमा छ। क्यानाडा र अस्ट्रेलिया पहिले शीर्ष–५ मा थिए, अहिले ती पनि बाहिर परेका छन्।

धेरै धनी देशहरूले सुरक्षा कारण र आप्रवासन नियन्त्रणका लागि भिसा नीतिमा कडाइ गरेका छन्, जसले उनीहरूकै पासपोर्टको रैंकिङलाई प्रभावित गरेको छ।अब नेपाल सूचीमा रहेको सबैभन्दा कमजोर पासपोर्ट भएका देशहरुको चर्चा गरौं ।

Advertisement
Advertisement

नेपाली पासपोर्टबाट ३५ देशमा मात्रै विना भिसा पुग्न सकिन्छ ।विश्वका सबैभन्दा कमजोर पासपोर्ट भएका देशहरूको यो सूचीमा अफगानिस्तान २३ देश, सिरिया २६, इराक २९, पाकिस्तान ३१, यमन ३१, सोमालिया ३२, नेपाल ३५, उत्तर कोरिया ३५, बंगलादेश ३६ र इरान ३८ देश पर्छन्। यी देशका नागरिकलाई विदेश यात्रामा सबैभन्दा बढी अवरोध र कठिनाइ सामना गर्नुपर्छ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

नेपालमै पहिलो टियर आईभी हाइपरस्केल डेटा सेन्टर बन्ने, विदेशी सर्भरमा निर्भरता हट्ने

IMG_6731.JPG_1

सम्बन्धित खबरहरु

Scroll to Top