निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

१६ असार, काठमाण्डौ ।

भारतीय मिडियाले नेपालबारे आज एउटा यस्तो समाचार छापेको छ, जसलाई लिएर भारत शसंकित देखिएको छ । भारतीय अनलाइन पोर्टल नवभारत टाइम्सले पाकिस्‍तानसंग संपर्क भएका निश्चल नाथलाई दिल्‍लीमा राजदूत बनाउने तयारीमा नेपाल ? पिताले चीनका लागि भारतलाई गरेका थिए भिटो भन्ने शीर्षकमा समाचार छापेको छ ।

नेपालले के डा. निश्चल नाथ पांडेलाई भारतमा आगामी राजदूत बनाउने तयारी गरिरहेको छ? भन्ने प्रश्नबाट समाचार उठान गरिएको छ । अनलाइन संस्करणमा समेत रहेको समाचारमा उसले काठमाडौंका स्रोतहरुबाट प्राप्त भएको जानकारीका अनुसार भन्दै बालेन शाहको सरकारले डा. निश्चल नाथ पांडेलाई नयाँ दिल्लीमा राजदूत बनाएर पठाउने कुरामा विचार गरिरहेको लेखेको छ ।

Advertisement

समाचारमा डा. निश्चल नाथ पांडेलाई पाकिस्तानसंग सम्पर्कमा रहेको पनि भनेको छ । यसैकारण उनको नयाँ दिल्ली आउनु केही असहज हुने पनि जनाएको छ । डा. निश्चल नाथ पाण्डे सेंटर फर साउथ एशियन स्टडीजका डाइरेक्टर र दक्षिण एशियाका एक प्रमुख रणनीतिकार, राजनीतिक वैज्ञानिक एवं शिक्षाविद हुन् ।

उनी नेपालको परराष्ट्र नीति, कूटनीति र दक्षिण एशियाली मामिलाहरुमा विशेषज्ञ पनि मानिन्छन् । उनले परराष्ट्र मंत्रालय अन्तर्गतको ’इंस्टिट्यूट अफ फरेन अफेयर्स’को कार्यकारी निर्देशकका रूपमा करिब ८ वर्ष काम गरेका थिए । उनै डा. निश्चल नाथ पांडेलाई लिएर भारतीय मिडियाले यो समाचार छापेको छ ।

Advertisement

उनको पाकिस्तानसंग सम्पर्क रहेको आधार भने अखबारले उनी रहेको थिंक–ट्याँक सीएसएएसले सार्कसंग जोडिएर गरेको काम उल्लेख गरेको छ । किनभने सार्कमा पाकिस्तान पनि सदस्य रहेको छ । यसको अलावा उनी कंसोर्टियम अफ साउथ एशियन थिंक–ट्यांक्सका संयोजक पनि हुन् र यो थिंक ट्यांकले पाकिस्तानका साथ मिलेर कयौं कार्यक्रम गरेको पनि अखबारले बताएको छ ।

तर पछि उनले आफ्नो थिंक ट्यांकका अर्का जूनियर सदस्यलाई पाकिस्तानसंगको कार्यक्रमहरुका लागि पठाउन सुरु गरेको पनि लेखेको छ, किनभने उनी स्वयं डिप्लोमेसीमा आउन चाहेको पत्रिकाले दाबी गरेको छ । तर पाण्डेको यो संपर्क कुन स्तरको हो भन्ने बारेमा नवभारत टाइम्ससंग जानकारी नभएको पनि लेखेको छ ।

अखबारले पाण्डेका पिता पनि चीन र पाकिस्तानसंग निकै नजिक रहेको दाबी गरेको छ । डा. निश्चल रमेश नाथ पांडेका छोरा हुन् । उनी पूर्व राजनीतिज्ञ, कूटनीतिज्ञ हुन् । रमेश नाथ पांडे नेपाल सरकारका पूर्व परराष्ट्रमन्त्री, संचारमंत्री र शाही शासनकालमा अन्य कयौं महत्वपूर्ण सरकारी पदमा रहेर काम गरेका व्यक्ति हुन् ।

भारतीय मिडियाले उनी चीन निकट रहेको भनेर लेखेको छ । उसका अनुसार रमेश नाथ पांडेले सार्कमा चीनलाई सामेल गर्नका लागि निकै धेरै प्रयास गरेको पनि दाबी गरेको छ । यसका लागि उनले कूटनीतिक स्तरमा भारतका साथ एउटा ठूलो सौदाबाजी गरेको भनेको छ ।

नोभेम्बर २००५मा ढाकामा भएको १३ औं सार्क शिखर सम्मेलनका क्रममा नेपालका तत्कालीन परराष्ट्रमन्त्री रमेश नाथ पांडेले चीनलाई सार्कमा सामेल गराउन धेरै प्रयास गरेको उसले लेखेको छ । सो बेला पाण्डले नेपालका तर्फबाट चीनलाई सार्कमा सहभागी गराउन कडा समर्थन गरेका थिए ।

नेपालमा सो बेला शाही शासनकाल थियो र पाकिस्तान सार्कमा चीनको बलियो उपस्थिति चाहान्थ्यो । जबकि भारत अफगानिस्तानलाई सार्कमा सामेल गर्न चाहान्थ्यो । भारत चाहान्थ्यो कि अफगानिस्तानलाई सार्कको ८औं पूर्ण सदस्यका रूपमा सामेल गरियोस् ।

सो बेला रमेश नाथ पांडेले नेपालले अफगानिस्तानको सदस्यतालाई त्यो बेलामात्रै स्वीकृति दिने जुन बेला भारत र अन्य देशले चीनलाई पनि सार्कमा ’पर्यवेक्षक’का रुपमा सामेल गर्न सहमत हुन्छ भन्दै कडा शर्त राखेको भारतीय मिडियाले लेखेको छ ।

पांडेको सोही कूटनीतिक दबावका कारण अन्ततः चीनलाई सार्कमा ’पर्यवेक्षक’को भूमिका दिइएको हो । त्यसपछि भने पाण्डेले चीनलाई सार्कको पूर्ण सदस्य बनाउने कुराको वकालत जारी राखेका थिए । रमेश नाथ पांडेले चीनलाई सार्कको ढोकाभित्र ल्याउनका लागि कूटनीतिकलाई हतियारका रुपमा प्रयोग गरेका थिए ।

समाचारमा नवभारत टाइम्स अगाडी भन्छ, कुल मिलाएर हेर्ने हो भने, भारतले निश्चल पाण्डेको आगमनमा विरोध गर्दैन तर भारतीय सुरक्षा एजेन्सीहरु र विदेश मंत्रालयले उनको पिताको पुरानो चीन–समर्थक रुझान र स्वयं डा. पांडेको क्षेत्रीय सम्पर्कहरुलाई ध्यानमा राख्न आवस्यक छ भन्दै सुझाव दिएको छ ।

उसले अगाडि लेखेको छ, राजदूतका रुपमा डा. पांडेमाथि उनको झुकाव पूर्णरुपमा तटस्थ रहेको प्रमाणित गर्नुपर्ने अतिरिक्त दबाव रहेको भनेको छ । पाण्डेले भारतलाई नेपालको भूमिको उपयोग भारत–विरोधी गतिविधिहरु विशेषगरी पाकिस्तान वा चीनका तर्फबाट नहुन भन्ने विश्वास दिलाउनु पर्ने पनि अखबारले छापेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

सम्बन्धित समाचार

Scroll to Top