२ मंसिर, काठमाण्डौ ।
प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाइएका दानबहादुर कार्कीले दिएको रिट निवेदनमा बहस सकियो ।
सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा बहस सकिएपछि अब आदेश आउने चरणमा ।

सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहाली गर्न कार्कीको माग ।
आफूलाई सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको रिटमा दाबी ।
सरकारबाट मनोज केसीलाई प्रहरी प्रमुख बनाउने गरी भएको निर्णय रोक्न तत्कालका लागि अन्तरिम आदेशको पनि माग ।
केही बेरमा आदेश आउँदै



