होण्डाको दशैं योजनाका तीन साताका २१ विजेता घोषणा, योजना मंसिर थपियो

२ मंसिर २०८३, बुधबार
Share this
729shares

२ मंसिर, काठमाण्डौ ।

Advertisement

होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैंलक्षित योजना ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत पहिलो तीन साताका २१ जना विजेता घोषणा गरेको छ ।

कम्पनीले ‘होण्डा छ साथ साथ’ अभियानअन्तर्गत सातै प्रदेशबाट प्रत्येक साता एक–एक जना विजेता छनोट गर्ने व्यवस्था गरेको थियो ।

Advertisement

लक्की ड्रमार्फत छनोट भएका विजेताले १० हजारदेखि एक लाख रुपैयाँसम्म पुरस्कार जितेका छन् ।

कम्पनीका अनुसार पहिलो साताका विजेतामा कोशी प्रदेशबाट रामचन्द्र न्यौपाने (१० हजार रुपैयाँ), मधेसबाट अफजल मियाँ (एक लाख रुपैयाँ), बागमतीबाट गोकुलप्रसाद ओली (१० हजार रुपैयाँ), गण्डकीबाट विज्ञान लामा (१० हजार रुपैयाँ), लुम्बिनीबाट कृष्णबहादुर खड्का (१० हजार रुपैयाँ), कर्णालीबाट पदमबहादुर शाही (५० हजार रुपैयाँ) र सुदूरपश्चिमबाट आदर्श कन्स्ट्रक्सनका मदन यादव (१० हजार रुपैयाँ) रहेका छन् ।

त्यस्तै, दोस्रो साताका विजेतामा कोशीबाट विकासकुमार यादव (१० हजार रुपैयाँ), मधेसबाट सुन लामा (१० हजार रुपैयाँ), बागमतीबाट राजु महर्जन (२५ हजार रुपैयाँ), गण्डकीबाट बलराम थापा (५० हजार रुपैयाँ), लुम्बिनीबाट पुष्पा थारू (१० हजार रुपैयाँ), कर्णालीबाट मानसिंह दाहाल (एक लाख रुपैयाँ) र सुदूरपश्चिमबाट विनिता पाठक (१० हजार रुपैयाँ) छन् ।

तेस्रो साताका विजेतामा कोशीबाट आशिष राई (५० हजार रुपैयाँ), मधेसबाट सुशीलकुमार श्रीवास्तव (१० हजार रुपैयाँ), बागमतीबाट दिशान्त विष्ट (१० हजार रुपैयाँ), गण्डकीबाट मनोज घिमिरे (१० हजार रुपैयाँ), लुम्बिनीबाट दामोरबहादुर बुढाथोकी (१० हजार रुपैयाँ), कर्णालीबाट प्रोभिन्स आयुर्वेद हस्पिटल एन्ड रिसर्च सेन्टर (१० हजार रुपैयाँ) र सुदूरपश्चिमबाट जुजेस्टर राणा (१० हजार रुपैयाँ) रहेका छन् ।

होण्डाले चाडपर्वको उत्साहसँगै सामाजिक उत्तरदायित्वलाई जोड्दै यस वर्ष ‘सहयोगको संकल्प’ अभियान पनि सञ्चालन गरेको छ । यसअन्तर्गत ग्राहकले जितेको पुरस्कार रकमबराबरकै थप रकम कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ ।

सोहीअनुसार विजेतालाई पुरस्कार हस्तान्तरणसँगै बराबरको रकम कोषमा योगदान गर्ने कम्पनीले जनाएको छ । ग्राहकको उत्साहजनक सहभागिता र मागलाई ध्यानमा राख्दै कम्पनीले योजना आगामी मंसिर १४ गते (नोभेम्बर ३०) सम्मका लागि थप गरेको छ ।

यसबाट थप ग्राहकले योजनामा सहभागी भई एक लाख रुपैयाँसम्म जित्ने अवसर पाउने कम्पनीको विश्वास छ । स्याकार ट्रेडिङ कम्पनीले विजेताहरूलाई बधाई दिँदै होण्डा ब्रान्डप्रति नेपाली ग्राहकले देखाएको विश्वास र मायाका लागि आभार व्यक्त गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top