सुनको भाउ लगातार चौथो दिन ओरालो

२ मंसिर २०८३, बुधबार
Share this
787shares

२ मंसिर, काठमाण्डौ ।

Advertisement

तिहारपछि ह्वात्तै घटेको सुनको भाउ ओरालो लाग्ने क्रम आज पनि रोकिएन ।

तिहार बिदापछि कारोबार सुरु भएयता लगातार चौथो दिन आज सुनको मूल्य थप घट्यो ।

Advertisement

मंगलबार प्रतितोला एक हजार नौ सय रूपैयाँ घटेको सुनको भाउ आज भने तोलामा ६ हजार तीन सय रूपैयाँले घट्यो ।

जसअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ ।

हिजो मंगलबार सुन तोलाको २ लाख ६७ हजार २०० सय रुपैयाँमा किनबेच हुँदा सोमबार तोलाको २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तिहारका लागि सुनचाँदी कारोबार बन्द गर्नुअघि कात्तिक २३ गते भने सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।

त्यसपछि एकैचोटि कात्तिक २७ गते १२ हजार ६ सय रुपैयाँ घटेर तोलाको २ लाख ७१ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

त्यसयता सुनको मूल्य आजसम्म घटेको घट्यै ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घट्यो ।

मंगलबार प्रतितोला तीन हजार चार सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा तीन हजार तीन सय ८० रूपैयाँमा किनबेच हुँदै ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ८० रूपैयाँले कम ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top