Nepal Times
Nepal Times
3
Shares

धरान रोडमा झोलामा फेला परेको शव झापाका दिनेश सिग्देलको रहेको खुलासा

धरान रोडमा झोलामा फेला परेको शव झापाका दिनेश सिग्देलको रहेको खुलासा

१० फागुन, सुनसरी । सुनसरीको धरान रोडमा सडक छेउमा टुक्रा टुक्रा पारी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ ।

उक्त शव झापाको दमक नगरपालिका–५ का दिनेश सिग्देलको भएको खुलेको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ ।

प्रहरीका अनुसार सिग्देल बहराइनबाट पुस २० गते नेपाल फर्किएका थिए ।

काठमाडौंबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमतीकहाँ गएको प्रहरीले जनाएका छन् । त्यसैले पारिवारिक समस्या कारण उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

गत साता धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा सडक छेउमा जेब्रा झोलाभित्र टाउको, खुट्टा र त्यसको भोलिपल्ट सोही ठाउँमा शरीर भेटिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.