Nepal Times
Nepal Times
3
Shares

दोस्रो श्रीमतीले नै प्रेमीसँग मिलेर गरेका थिए दमकका दिनेश सिग्देलको हत्या

दोस्रो श्रीमतीले नै प्रेमीसँग मिलेर गरेका थिए दमकका दिनेश सिग्देलको हत्या

११ फागुन, मोरङ । झापा दमकका ४३ वर्षीय दिनेश सिग्देलको हत्या गरेको अभियोगमा उनकी कान्छी श्रीमती अनिता केसी पक्राउ परेकी छन् ।

उनलाई सहयोग गरेको अभियोगमा बिराटनगर–४ का २९ वर्षीय सरोज भण्डारी पनि समातिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार वैदेशिक रोजगारीबाट २० पुसमा फर्किएका सिग्देललाई दुई दिनपछि कान्छी श्रीमतीकै संलग्नतामा हत्या गरिएको खुलेको हो ।

‘श्रीमतीको योजनमा २२ पुसको साँझ साढे ५ बजे सिग्देलकै कोठामा घाँटी थिचेर हत्या गरिएको भेटिएको छ’ एसपी थापाले भने, ‘भण्डारीसँग मिलेर हत्या गरेपछि ग्लेन्डर मेसिन र खुकुरीको प्रयोग गरेर शवलाई टुक्राटुक्रा पारेर टेम्पोमा धरान लगिएको देखिएको छ ।’

शव धरानमा लगेर व्यवस्थापन गरेको झण्डै दुई महिनापछि गत साता धरान–भेडेटार सडकखण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र उनको टाउको र त्यसको भोलिपल्ट त्यहीँ शरीर भेटिएको थियो ।

शव भेटिएलगत्तै अनुसन्धानका लागि प्रदेश नं. १ प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट), जिल्ला प्रहरी कार्यालय, सुनसरी र इलाका प्रहरी कार्यालय, धरानले अनुसन्धान गरेको थियो ।

सिग्देलकी जेठी श्रीमती भने दमकको चुलाचुलीमा बस्छिन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.