बुर्किना फासोको एक सुन खानीमा विष्फोट, ६० जनाको मृत्यु

११ फागुन, एजेन्सी । अफ्रिकी देश बुर्किना फासोको एउटा सुन खानीमा विष्फोट हुँदा ६० जनाको ज्यान गएको छ ।

बुर्किना फासोको दक्षिण पश्चिमी गावा शहर नजिकको एउटा गाउँमा रहेको अस्थायी सुन खानीमा विष्फोट भएको बीबीसीले जनाएको छ ।

सुन खानी आसपासको बजारमा डाइनामाइट भण्डार गरेर राखिएको ठाउँमा आगलागी हुँदा जनधनको ठूलो क्षती भएको हो । घटनामा कयौँ घाइते भएका छन् ।

Advertisement

उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको खबरमा उल्लेख गरिएको छ । घटनाबारे छानबिन थालिएको र शंकास्पद एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुर्किना फासो अफ्रिकाको सबैभन्दा बढी सुन उत्पादन गर्ने देश हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top