×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

महामारीको लकडाउनका कारण किर्तिमानी वर्षा भएको वैज्ञानिकहरुको ठहर

११ फाल्गुन २०७८

११ फागुन, एजेन्सी । कोरोना भाइरस महामारीले विश्वमा करोडौँ मानिसको मृत्यु भएको र खर्बौँ नोक्सानी भएको भएपनि वातावरणीय दृष्टिले चाहिं यो महामारी फलिफाप भएको छ ।

वैज्ञानिकहरुका अनुसार महामारीको लकडाउनका कारण वातावरण स्वच्छ हुँदा चीनमा किर्तिमानी वर्षा भएको छ ।

Advertisement
Advertisement

लकडाउनले गर्दा हरितगृह ग्यास तथा अन्य प्रदूषकहरुको उत्सर्जनमा तिव्र गिरावट आउनु नै सन् २०२० मा चीनमा भएको कीर्तिमानी वर्षाको प्रमुख कारण रहेको वैज्ञानिकहरुले ठहर गरेका छन् ।

वैज्ञानिकहरुका अनुसार हरितगृह ग्यास तथा एरोसोल भनिने साना धूलकणहरुको मात्रामा कमी आउँदा वायुमण्डलीय परिवर्तन भएको र यसले वर्षाको दरलाई बढावा दिएको छ ।

चीनमा सन् २०२० को गृष्मयाममा कीर्तिमानी वर्षा हुँदा सयौँ मानिसको मृत्यु हुनुका साथै दशौँ लाख मानिस विस्थापित भएका थिए ।

प्रदूषणमा आएको कमीले तत्कालका लागि भारी वर्षासँगै प्रकोपमा वृद्धि भएको देखिएपछि दीर्घकालसम्म हुने उत्सर्जन नियन्त्रणले भने यस्तो नकारात्मक असर नपार्ने वैज्ञानिकहरुको भनाई छ ।

सन् २०२० को जुन र जुलाई महिनामा चीनको पूर्वी भागका विभिन्न क्षेत्रमा व्यापक वर्षासँग बाढी आएको थियो । उक्त गृष्मकालीन भारी वर्षातमा उत्सर्जन कटौतीको योगदान करीब एक तिहाईसम्म रहेको शोधकर्ताहरुको भनाई छ ।

रेकर्ड अनुसार सन् २०२० को जुन र जुलाईमा चीनको यांग्जे नदीमा सन् १९६१ यताकै उच्च बहान मापन भयो । पछिल्लो ४१ वर्षको औषत बहाव भन्दा ७९ प्रतिशत बढि उच्च बहाव मापन गरियो ।

कतिपय वैज्ञानिक अध्ययन अनुसार चीनमा भारी वर्षा हुनुमा हिन्द महासागर उत्पन्न भएको जटील सामुद्रिक प्रक्रियाको पनि हात छ ।

यसका अतिरिक्त शोधकर्ताहरुले चिनिया वर्षात् तथा बाढीका पछाडि नयाँ कुराको हात रहेको तथ्य समेत स्थापित गरे । जस अनुसार कोभिड १९ महामारीका कारण भएको लकडाउनमा हरितगृह ग्यास र एरोसोलको उत्सर्जनमा कमी आउनु नै अतिउच्च वर्षाको प्रमुख कारण हो ।

उनीहरुका अनुसार वायुमण्डलमा धूलकण तथा प्रदुषणको मात्रा बढेका कारण पछिल्लो ४ दशकमा पूर्वी तथा मध्य चीनमा गृष्मकालीन वर्षात्मा निकै कमी आएको थियो ।

वायुमण्डलमा थुप्रिएका प्रदुषक कणहरु धेरैजसो कोइला भट्टीबाट निस्किएका हुन् । वायुमण्डलमा थुप्रिएका यस्ता धूलकणहरुले ठूलो क्षमताको आँधीबेहेरी आउने प्रक्रियालाई कम गर्ने हुनाले वर्षातमा पनि कमी आउने गर्दछ ।

Advertisement
Advertisement

सन् २०२० मा लकडाउनले गर्दा वायुमण्डलमा यस्ता धूलकण जान नपाउनु र हरितगृह ग्यासको उत्सर्जन पनि कमी हुँदा वर्षात्मा वृद्धि भएको शोधकर्ता बताउँछन् । बीबीसीबाट

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top