युक्रेनमा युद्धबाट हुने मानवीय क्षति र कष्टको जिम्मेवार रुस हुनेछः बाइडेन

Share this
708shares

१२ फागुन, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा युद्धबाट हुने मानवीय क्षति र कष्टको जिम्मेवार रुस हुने बताएका छन् ।

Advertisement

बिहीबार बिहानै एक विज्ञप्ति जारी गर्दै बाइडेनले युद्धबाट हुने भयावह मानवीय क्षति र पीडाको जिम्मा रुसले लिनु पर्ने बताएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही सुरु भएको घोषणा गरेपछि बाइडेनको पछिल्लो भनाइ आएको हो ।

‘आज राति सारा विश्वका नेताहरू युक्रेनी जनताको साथमा छन् किनभने उनीहरू रुसी फौजबाट बिनाकारण तथा कुनै उक्साहटबिनै भएको हमलाको सामना गर्न पुगेका छन्’, बाइडेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति पुटिनले डरलाग्दो मानवीय क्षति एवं कष्ट निम्त्याउने गरी सुनियोजति युद्ध रोजेका छन् । आक्रमणबाट हुने मृत्यु र विनाशको जिम्मेवार रुस मात्रै हुनेछ ।’

Advertisement

‘अमेरिका र उसका साझेदार एवं सहयोगीहरूले एक भएर दृढतापूर्वक जवाफ दिने छन्’, विज्ञप्तिमा उल्लेख छ, ‘विश्वले रुसलाई जवाफदेही बनाउने छ ।’

तर पूर्वी युक्रेनमा पुटिनले चालेको पछिल्लो कदमले अमेरिकी समाज भने विभाजित देखिन्छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनको कदमलाई प्रशंसा गरेबाट पनि अमेरिकी समाज कति विभाजित छ भन्ने प्रस्ट हुन्छ ।

Advertisement

ट्रम्पले मंगलबार एक रेडियो कार्यक्रममा बोल्दै पूर्वी युक्रेनका २ स्थानलाई स्वतन्त्र राज्यको मान्यता दिने पुटिनको कदमलाई ‘प्रतिभाशाली’ र ‘व्यावहारिक’ भन्दै प्रशंसा गरेका थिए । ‘तपाईले यसलाई निकै व्यावहारिक भन्न सक्नुहुन्छ’, ट्रम्पले भनेका थिए, ‘बाइडेनले के दिए त? कुनै जवाफ आएन । उनीहरूले एउटा जवाफ दिएनन् जुन निकै दुःखद हो ।’

‘यो निकै प्रतिभाशाली कुरा हो’, ट्रम्पले थपे, ‘पुटिनले युक्रेनको ठूलो हिस्सालाई स्वतन्त्र घोषणा गरेका छन् । यो कुरा निकै राम्रो हो ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top