जपानविरुद्धको उत्कृष्ट प्रदर्शन पछि खेलाडीले पाए १ सय डलर बोनस

काठमाडौं,साउन ३०
एसियाली खेलकुद अन्तर्गत मंगलबार भएको खेलमा जापानसँग १–० ले पराजित भएको नेपाली यू–२३ को टोलीले प्रतिखेलाडी १ सय डलर बोनस पाउने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एसियाली खेलकुदअन्तर्गतको फुटबलमा जापानविरुद्ध पराजित भएको नेपाली टोलीलाई १ सय डलर बोनस दिने घोषणा गरेका हुन् ।

मंगलबार भएको प्रतियोगिताकै दाबेदार मानिएको जापान विरुद्धको खेलमा नेपालले उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको थियो भने कप्तान एवं गोलरक्षक किरण चेम्जोङले खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । अध्यक्ष शेर्पाले बुधबार चितवनमा जारी १७ औं विशेष साधारणसभाको उद्घाटन सत्रमा बोल्दै टोलीको हौसला बढाउन आफूले बोनस रकम घोषणा गरेको बताएका छन् ।

उनले प्रतियोगिताका अन्य खेलमा पनि बोनस रकम राखेको जानकारी दिए । शेर्पाले भने, ‘मैले टोली इन्डोनेसिया जानुअघि बोनस घोषणा गरेको थिएँ । जापानसँग ३(० अन्तरले पराजित भएमा १ सय डलर दिने भनेको थिएँ । खेलाडीहरुले राम्रो खेले र १–० को नतिजामा रोक्न सफल रहे । उनीहरुले अब वाचाअनुरुप बोनस प्राप्त गर्नेछन् ।’ उनले भियतनामसँग जित हात पारे १ सय ५० र पाकिस्तानलाई हराए १ सय डलर बोनस दिने घोषणा गरे ।

Advertisement

नेपालले प्रतियोगिताको समूह ‘डी’ अन्तर्गत बिहिबार भियतनामको सामना गर्नेछ । समूहको अन्तिम खेलमा नेपालले पाकिस्तानसँग भिड्नेछ । अर्को चरणमा पुग्न नेपाललाई समूहको शीर्ष २ स्थान अथवा ६ समूहमध्य चार उत्कृष्ट तेस्रो स्थानको टोलीमा पर्नुपर्ने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top