सलमान खानलाई नेपाल ल्याउने भन्दै ठगी गर्ने सिमान्त गुरुङ जेल चलान

विराटनगर,साउन ३०
बलिउड स्टार सलमान खानलाई नेपाल ल्याउने भन्दै गठी गरेको आरोपमा पक्राउ परेका सीमान्त गुरुङ धरौटी बुझाउन नसक्दा जेल चलान भएका छन् ।ओडिसी इन्टरटेनमेन्टका सञ्चालक गुरुङलाई सलमान खानलाई नेपाल ल्याउने भन्दै गठी गरेको आरोपमा गुरुङ असार २९ गते प्रहरीले पक्राउ गरेको थियो ।

Advertisement

ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले गुरुङलाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । १५ लाख रुपैयाँ धरौटी बुझाउन गएका गुरुङको चेक बाउन्स भएको उजुरी परेपछि महानगरीय प्रहरी परिसरको टोलीले उनलाई फेरी पक्राउ गरेको थियो ।

गुरुङले बैंकिङ कसुर र ठगी मुद्दा गरी ६० लाख धरौटी बुझाउन नसकेपछि जेल पठाएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी मोहनकुमार थापाले जानकारी दिए।२०७४ फागुन २६ गते राजधानीको टुँडिखेलमा गर्ने भनिएको सलमान खान र अन्य बलिउडस्टारसहितको दब्याङ्ग टुर नेपाल स्थगित भएको थियो । त्यसपछि त्यो कार्यक्रम जेठका लागि सारिए पनि सलमान नेपाल आउन सकेनन् ।

Advertisement

उक्त कार्यक्रमका लागि सीमान्तले न्यूनतम् तीन हजारदेखि २० हजार रुपैयाँसम्मका टिकट बेचेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top