विप्लवका प्रवक्ता विश्वकर्माद्धारा करोडौं चन्दा अशुल गरेको स्वीकार

३० साउन २०७५, बुधबार
Share this
754shares

काठमाडौं, साउन ३०
नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले विभिन्न व्यक्तिहरुसँग करोडौँ चन्दा अशुल गरेको स्वीकार गरेका छन् । अनुसन्धान अधिकारीहरु समक्ष समक्ष बयान दिने क्रममा उनले आर्थिक, भौतिक र नैतिक हिसाबले हामीले सहयोग लिएको स्वीकार गरे ।

Advertisement

उनले चन्दा नभइ, सहयोग लिएको दावी गरेका छन् । विप्लव समूहका प्रवक्ता प्रकाण्ड हेटौंडाबाट काठमाडौं आउने क्रममा २३ साउनमा पक्राउ परेका थिए । उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिए पनि अनुसन्धान भने विशेष ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको छ ।

जिल्ला अदालत काठमाडौंले बुधबार मात्र उनलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण मुद्दामा भोलि सर्वोच्चमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंको तयारी छ । सर्वोच्चले सोमबार बाटोको म्याद बाहेक ४८ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो । प्रकाण्ड एक सातादेखि प्रहरी हिरासतमा रहेका छन् । ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top